अमेरिकामा रहेका संजु यादवको जन्मदिनमा जनकपुरको कबिर बाल आश्रममा भोजन सेवा र स्टेशनरी वितरण

अमेरिकामा रहेका संजु यादवको जन्मदिनमा जनकपुरको कबिर बाल आश्रममा भोजन सेवा र स्टेशनरी वितरण
मधेशपत्र मधेशपत्र २०८२ श्रावण ११, आईतवार ०९:३९
अमेरिकामा रहेका संजु यादवको जन्मदिनमा जनकपुरको कबिर बाल आश्रममा भोजन सेवा र स्टेशनरी वितरण

जनकपुरधाम : धनुषा जिल्लाको जनकनन्दिनी गाउँपालिका–६ कठाका संजु यादवको ३०औं जन्मदिनको अवसरमा शनिबार जनकपुरधाम उपमहानगरपालिका-८ सदगुरु कबिर बाल आश्रममा विशेष कार्यक्रम आयोजना गरिएको छ।

जन्मदिनको अवसरमा धनुष सागर सरसफाइ अभियानका नेतृत्वकर्ता  आश्रममा आश्रित बालबालिकालाई भोजन सेवा प्रदान गर्नुका साथै स्टेशनरी सामग्री वितरण गरिएको हो।

ADVERTISEMENT

हाल अमेरिकामा रहनुभएका संजु यादवले आफ्नो जन्मदिनलाई सामाजिक सेवामा रूपान्तरण गर्दै बालबालिकाका लागि सहयोग गर्ने उद्देश्यले यो कार्यक्रमको आयोजना गरेका हुन्।

कार्यक्रममा कापी र पेन्सिललगायतका शैक्षिक सामग्री वितरण गरिएको थियो। साथै, पोषणयुक्त भोजनको पनि व्यवस्था गरिएको थियो।

सामाजिक सेवामा सक्रिय संजु यादव विभिन्न सामाजिक कार्यहरूमा संलग्न रहँदै आएका छन्। अमेरिका बसाइका क्रममा पनि उनले नेपालको विभिन्न सामाजिक संस्थाहरुलाई आर्थिक सहयोग गर्दै आएका छन्।

सदगुरु कबिर बाल आश्रमका संरक्षक आलोक बाबाले यादवप्रति आभार व्यक्त गर्दै भने, “यस्ता कार्यहरूले बालबालिकाको मनोबल बढाउने मात्र होइन, समाजमा सकारात्मक सोच र सेवा भावको विकासमा समेत टेवा पुर्‍याउँछ।”

संवेदनशीलता, सेवाभाव र सामाजिक उत्तरदायित्वको मिसाल बनेका यादवको यो प्रयास स्थानीयस्तरमै प्रेरणाको स्रोत बनेको छ।

प्रकाशित मिति: २०८२ श्रावण ११, आईतवार ०९:३९
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !