सिरहामा लागुऔषधसहित भारतीय नागरिक पक्राउ, भाग्न खोजेपछि प्रहरीले चलायो गोली

सिरहामा लागुऔषधसहित भारतीय नागरिक पक्राउ, भाग्न खोजेपछि प्रहरीले चलायो गोली
मधेशपत्र मधेशपत्र २०८२ श्रावण १०, शनिबार १९:०६
सिरहामा लागुऔषधसहित भारतीय नागरिक पक्राउ, भाग्न खोजेपछि प्रहरीले चलायो गोली

सिरहा : सिरहा प्रहरीले लागुऔषध ब्राउनसुगरसहित एक भारतीय नागरिकलाई पक्राउ गर्ने क्रममा एक राउन्ड हवाइ फायर गरेको छ। पक्राउ पर्नेमा भारतको मधुवनी जिल्लास्थित ग्राम पंचायत बिरपुरका श्यामसुन्दर पासवान रहेका छन्।

जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार पासवानले भारतबाट नेपालतर्फ लागुऔषध ल्याउँदै गरेको विशेष सूचनाका आधारमा शनिबार अपरान्ह चेकजाँचको क्रममा उनलाई नियन्त्रणमा लिइएको हो।

ADVERTISEMENT

बीआर ३२ एम ७३३८ नम्बरको भारतीय मोटरसाइकलमा सवार पासवानलाई सुराकीका आधारमा जाँच गर्न खोज्दा उनी भाग्न प्रयास गरेपछि प्रहरीले स्थिति नियन्त्रणमा लिन एक राउन्ड हवाइ फायर गर्नु परेको प्रहरी प्रवक्ता डीएसपी बिरेन्द्र पासवानले जानकारी दिए।

प्रहरीका अनुसार पासवानको साथबाट ५० ग्राम ब्राउनसुगर बरामद गरिएको छ। उनलाई थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय महेशपुरपतार पठाइएको जनाइएको छ।

सिरहा जिल्लामा पछिल्लो समय सीमा क्षेत्र हुँदै लागुऔषध ओसारपसारको गतिविधि बढ्दै गएकाले प्रहरीले निगरानी र चेकजाँचलाई कडाइ गरेको जनाएको छ।

प्रकाशित मिति: २०८२ श्रावण १०, शनिबार १९:०६
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !