जानकी टोलमा जुवा खेल्दाखेल्दै ९ जना पक्राउ, १.५४ लाख नगद बरामद

जानकी टोलमा जुवा खेल्दाखेल्दै ९ जना पक्राउ, १.५४ लाख नगद बरामद
मधेशपत्र मधेशपत्र २०८२ श्रावण ४, आईतवार ०७:४३
जानकी टोलमा जुवा खेल्दाखेल्दै ९ जना पक्राउ, १.५४ लाख नगद बरामद

जनकपुरधाम : बारा जिल्लाको जीतपुरसिमरा उपमहानगरपालिका–२ स्थित जानकी टोलमा जुवा खेलिरहेको अवस्थामा प्रहरीले छापा मारेर ९ जनालाई पक्राउ गरेको छ।

इलाका प्रहरी कार्यालय सिमराबाट खटिएको टोलीले केशव सुनुवारको घरको तेस्रो तल्लामा तास खेलिरहेको सूचनाका आधारमा शनिबार राति छापा मारेको हो।

ADVERTISEMENT

पक्राउ पर्नेमा सुसन खाती सुनार, बलराम विश्वकर्मा, सुमन कुमार भट्टराई, अभय कुमार श्रीवास्तव, केशव सुनुवार (घरधनी), थहलबहादुर विश्वकर्मा, शिवजी प्रसाद साह, राजकुमार भट्टराई र बलराम कुमार क्षेत्री रहेका छन्।

उनीहरूलाई तास खेलिरहेको अवस्थामा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसपी) सन्तोष कुमार तामाङले जानकारी दिए।

पक्राउ परेकाहरूको साथबाट नगद १ लाख ५४ हजार ६८० रुपैयाँ र तास बरामद गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक (डीएसपी) विजयराज पण्डितले बताए।

हाल पक्राउ परेका सबैजना प्रहरी नियन्त्रणमा छन्। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: २०८२ श्रावण ४, आईतवार ०७:४३
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !