सिरहाका तीन पालिकामा ‘समृद्धिको लागि वन परियोजना’ अन्तर्गत संचालित कार्यक्रमको अनुगमन

सिरहाका तीन पालिकामा ‘समृद्धिको लागि वन परियोजना’ अन्तर्गत संचालित कार्यक्रमको अनुगमन
मधेशपत्र मधेशपत्र २०८२ श्रावण ३, शनिबार १३:२५
सिरहाका तीन पालिकामा ‘समृद्धिको लागि वन परियोजना’ अन्तर्गत संचालित कार्यक्रमको अनुगमन

सिरहा : मधेश प्रदेश सरकार अन्तर्गतको ‘समृद्धिको लागि वन परियोजना’अन्तर्गत सिरहा जिल्लाको नवराजपुर, बरियारपट्टी र औरही गाउँपालिकामा गत आर्थिक वर्ष २०८१/८२ मा सञ्चालनमा रहेका कार्यक्रमहरुको शुक्रबार अनुगमन गरिएको छ।

मधेश प्रदेशका वन तथा वातावरण मन्त्री सञ्जयकुमार यादवको नेतृत्वमा सम्पन्न अनुगमन टोलीले सम्बन्धित पालिकाको वन तथा वातावरण शाखामार्फत सञ्चालित कार्यक्रमहरुको स्थलगत निरीक्षण गरेको हो।

ADVERTISEMENT

अनुगमनका क्रममा पालिकाका अध्यक्षहरु, वडा प्रतिनिधि, प्राविधिक तथा स्थानीय सरोकारवालाहरुसँग समन्वय गरी कार्यक्रमको प्रभावकारिता, पारदर्शिता र स्थानीय लाभग्राहीको सहभागिता बारे जानकारी लिइएको थियो। मन्त्री यादवले स्थलगत निरीक्षणमा देखिएका उपलब्धि र चुनौतीको समीक्षा गर्दै आवश्यक समायोजन र सहयोगका लागि मन्त्रालयको तर्फबाट पूर्ण समर्थन रहने बताएका छन्।

यस अवसरमा परियोजनाका प्रमुख सुजित कुमार झाले निरीक्षण कार्यमा सक्रिय सहभागिता जनाउनु भएका पालिका अध्यक्ष, वडाध्यक्ष, प्राविधिक कर्मचारी तथा स्थानीयवासीलाई धन्यवाद दिँदै सबैको सहकार्यले मात्र लक्ष्य हासिल सम्भव हुने बताए।

‘समृद्धिको लागि वन परियोजना’ले प्रदेशका स्थानीय तहमा वन संरक्षण, वातावरणीय सुधार, आयमूलक कार्यक्रम तथा समुदायमा सचेतना अभिवृद्धि गर्न थालिएका पहललाई प्राथमिकतामा राखेको छ।

प्रकाशित मिति: २०८२ श्रावण ३, शनिबार १३:२५
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !