वन सेवामा समर्पित उपसचिव शर्माको सेवा निवृत्ति भएपछि भव्यताको साथ विदाई कार्यक्रम सम्पन्न

वन सेवामा समर्पित उपसचिव शर्माको सेवा निवृत्ति भएपछि भव्यताको साथ विदाई कार्यक्रम सम्पन्न
मधेशपत्र मधेशपत्र २०८२ श्रावण १, बिहीबार २०:२५
वन सेवामा समर्पित उपसचिव शर्माको सेवा निवृत्ति भएपछि भव्यताको साथ विदाई कार्यक्रम सम्पन्न

जनकपुरधाम : करिब चार दशकसम्म वन प्रशासन सेवामा समर्पित उपसचिव सुरेश प्रसाद शर्माको सेवा निवृत्तिको अवसरमा जनकपुरधाम वन प्राविधिक समाजले विशेष विदाई तथा शुभकामना कार्यक्रम आयोजना गरेको छ। कार्यक्रममा सहभागीहरूले शर्माको योगदानको कदर गर्दै आगामी जीवन सुखमय होस् भन्ने शुभकामना व्यक्त गरे।

वि.सं. २०४५ साल वैशाख ५ गते जिल्ला वन कार्यालय गुल्मीबाट सहायक रेन्जरको रुपमा सरकारी सेवा सुरु गरेका शर्माले स्याङ्जा, प्युठान, उदयपुर, वन विभाग, मधेश प्रदेश अन्तर्गत वन तथा वातावरण मन्त्रालय, डिभिजन वन कार्यालय धनुषा हुँदै अन्ततः प्रदेश निर्देशनालयमा उपसचिवका रूपमा कार्यभार सम्हालेका थिए। उहाँ ५८ वर्षे उमेरहदका आधारमा वि.सं. २०८२ साल साउन २ गते सेवा निवृत्त हुन लागेका हुन्।

ADVERTISEMENT

केवल वन प्राविधिक मात्रै नभई शर्मा सामाजिक क्षेत्रमा पनि सक्रिय रहँदै आएका छन्। जनकपुरधामको गंगासागर, दूधमती र गेरुका नदी सरसफाइ अभियान तथा पिपल वृक्षारोपणजस्ता सामाजिक कार्यमा उहाँको उल्लेखनीय नेतृत्व रहँदै आएको छ। हाल उनी जनकपुरधाम वन प्राविधिक समाजको महासचिवका रूपमा क्रियाशील छन्।

कार्यक्रममा बोल्ने वक्ताहरूले शर्माको सरल स्वभाव, इमान्दारिता र कार्यप्रतिको समर्पणको प्रशंसा गर्दै वन प्रशासनमा उहाँले पुर्‍याएको योगदान उदाहरणीय रहेको बताए।

शुभकामना कार्यक्रममा वन प्राविधिक समाजका पदाधिकारी, वन कर्मचारी, सामाजिक अभियन्ता र शुभेच्छुकहरूको उल्लेखनीय उपस्थिति थियो।

प्रकाशित मिति: २०८२ श्रावण १, बिहीबार २०:२५
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !