पानी संकटका बेला मन्त्री यादवको निर्देशनमा वीरगञ्जमा ट्यांकरबाट आपूर्ति सुरु

पानी संकटका बेला मन्त्री यादवको निर्देशनमा वीरगञ्जमा ट्यांकरबाट आपूर्ति सुरु
मधेशपत्र मधेशपत्र २०८२ असार २९, आईतवार ११:४७
पानी संकटका बेला मन्त्री यादवको निर्देशनमा वीरगञ्जमा ट्यांकरबाट आपूर्ति सुरु

वीरगञ्ज : पर्साको वीरगञ्ज क्षेत्रमा बढ्दो पानी संकटलाई मध्यनजर गर्दै मधेस प्रदेशका वन तथा वातावरणमन्त्री संजयकुमार यादवको विशेष निर्देशनमा डिभिजन वन कार्यालयअन्तर्गतका पानी ट्यांकरहरू सर्वसाधारणका लागि परिचालन गरिएको छ।

अत्यधिक गर्मी र खडेरीका कारण वीरगञ्जका विभिन्न स्थानमा पिउने पानीको चरम अभाव देखिएपछि मन्त्री यादवले तत्काल राहतस्वरूप वन कार्यालयमार्फत नागरिकहरूलाई पानी उपलब्ध गराउने व्यवस्था मिलाएका हुन्। मन्त्री यादवले पानीको अभाव भएका क्षेत्रमा प्राथमिकताका साथ ट्यांकर पठाउन निर्देशन दिएका छन्।

ADVERTISEMENT

“जनताको जीवन र स्वास्थ्यप्रति सरकार गम्भीर छ,” मन्त्री यादवले भने, “जबसम्म नियमित आपूर्ति बहाल हुँदैन, ट्यांकरमार्फत पानी आपूर्ति निरन्तर गरिनेछ।”

डिभिजन वन कार्यालय, पर्साका अनुसार हाल दैनिक रूपमा दर्जनौं स्थानमा ट्यांकरमार्फत पिउने पानी पुर्‍याउने कार्य भइरहेको छ। स्थानीयवासीहरूले पानी अभावको बेला मन्त्रालयको पहललाई सकारात्मक रूपमा लिँदै आभार व्यक्त गरेका छन्।

वीरगञ्जका एक स्थानीय भने, “तीन दिनदेखि धारामा पानी आएको थिएन। ट्यांकरले पानी ल्याइदिएपछि राहत महसुस भएको छ।” स्थानीय नजमा खातुनले ट्यांकरबाट आएको पानीले बच्चाबच्चीलाई नुहाउने र पकाउने सुविधा पुगेको बताइन्। स्थानीयले यस कदमलाई जनमुखी र समय सापेक्ष भन्दै मन्त्री यादवलाई धन्यवाद दिएका छन्।

यो कदमले वन तथा वातावरण मन्त्रालय प्राकृतिक स्रोत संरक्षणसँगै जनताको तात्कालिक आवश्यकतालाई सम्बोधन गर्न पनि सचेत रहेको सन्देश दिएको छ।

प्रकाशित मिति: २०८२ असार २९, आईतवार ११:४७
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !