सर्पले डस्दा युवतीको मृत्यु

सर्पले डस्दा युवतीको मृत्यु
मधेशपत्र मधेशपत्र २०८२ असार २९, आईतवार ०९:०३
सर्पले डस्दा युवतीको मृत्यु

कञ्चनपुर : कञ्चनपुरमा सर्पले डस्दा युवतीको मृत्यु भएको छ।

सर्पले टोक्दा कृष्णपुर नगरपालिका-१, निगालीकी २८ वर्षीया कमला आउजीको मृत्यु भएको हो।

ADVERTISEMENT

शनिबार सर्पले डसेपछि गम्भीर बिरामी भएकी कमलाको उपचारका क्रममा सेती प्रादेशिक अस्पतालमा निधन भएको इलाका प्रहरी कार्यालय (झलारी) का प्रहरी निरीक्षक राजेश बस्नेतले जानकारी दिए।

‘शुक्रबार राति साढे १२ बजेतिर घरभित्र सुतिरहेको अवस्थामा सर्पले टोकेको जानकारी आएको छ, उनको उपचारका क्रममा हिजो राति मृत्यु भएको छ,’ उनले भने।

प्रकाशित मिति: २०८२ असार २९, आईतवार ०९:०३
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !