जनमतका निलम्बित कोषाध्यक्ष यादवले बुझाए धरौटी रकम

जनमतका निलम्बित कोषाध्यक्ष यादवले बुझाए धरौटी रकम
मधेशपत्र मधेशपत्र २०८२ असार २८, शनिबार २०:२९
जनमतका निलम्बित कोषाध्यक्ष यादवले बुझाए धरौटी रकम

काठमाडौँ : ललितपुर जिल्ला अदालतमा चलेको ठगी सम्बन्धी कसूर मुद्दामा जनमत पार्टीका निलम्बित कोषाध्यक्ष सुरेन्द्र नारायण यादवले १ लाख २५ हजार रुपैयाँ धरौटी बुझाएका छन्।

नेपाल सरकार वादी भएको ठगी सम्बन्धी कसूरमा ललितपुर जिल्ला अदालतबाट मिति २०८२ असार २६ गते भएको आदेशअनुसार माग भएको धरौट रकम उनले सोही दिन अदालतमा दाखेल गरेका हुन्।

ADVERTISEMENT

यादवले लिखित प्रतिबद्धता जनाउँदै अदालतले तोकेको तारेखमा नियमित रूपमा उपस्थित हुने बताएका छन्।

प्रकाशित मिति: २०८२ असार २८, शनिबार २०:२९
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !