यादवमाथिको मुद्दा खारेज नगरे सशक्त संघर्ष गर्ने चेतावनी

यादवमाथिको मुद्दा खारेज नगरे सशक्त संघर्ष गर्ने चेतावनी
मधेशपत्र मधेशपत्र २०८२ असार २७, शुक्रबार १५:५८
यादवमाथिको मुद्दा खारेज नगरे सशक्त संघर्ष गर्ने चेतावनी

जनकपुरधाम : जनता समाजवादी पार्टी, मधेश प्रदेश अध्यक्ष अशोक यादवमाथि लगाइएको मुद्दा खारेज नगरे सशक्त संघर्ष गर्न बाध्य हुने जसपा मधेश प्रदेशले चेतावनी दिएको छ।

शुक्रबार जनकपुरधामस्थित मधेश प्रदेश पार्टी कार्यालयमा पत्रकार सम्मेल गर्दै पार्टीले अध्यक्ष यादवमाथि लगाइएको मुद्दा खारेज गर्नुका साथै जिल्ला प्रहरी प्रमुख योगेन्द्र कुमार खड्कालाई कारबाही गर्न माग गरेको छ।

ADVERTISEMENT

जसपा मधेश प्रदेश समितिका उपाध्यक्ष निर्मला यादवले अध्यक्ष यादवमाथि प्रहरी प्रशासनले गरेको दुव्र्यवहारप्रति पार्टीको गम्भीर ध्यानाकर्षण भएको बताइन्।

उनले सर्लाही जिल्लामा पूर्वाधार विकास कार्यालयलगायत विभिन्न कार्यालयका कर्मचारीहरूको मनोपोली, लुटतन्त्र, भ्रष्टाचार लगायत जिल्ला प्रहरी कार्यालय समेतले आम जनताहरूलाई झुठा मुद्दामा फसाउने कार्य भइरहेको भनेर पटक पटक जिल्ला प्रहरी प्रमुख एवं सम्बन्धित निकाय समेतलाई जानकारी गराएको जानकारी दिइन्।

गत विहीबारका दिन पूर्वाधार विकास कार्यालयमा राती प्रहरी परिचालन गरी कार्यालय प्रमुखले मुल गेटमा ताल्चा लगाई कार्यालय संचालन गरिरहेको देखेर सेवाग्राही त्रसित भएकाले जानकारी लिन जिल्ला प्रहरी प्रमुख योगेन्द्र कुमार खड्कासंग फोनमार्फत बुझ्न खोजदा सांसद यादवलाई ‘मधेशी हो’ भनेर हेपाहा शैलीमा कुरा गरी अपशब्द प्रयोग समेत गरेको उपाध्यक्ष यादवले बताइन्।

अध्यक्ष यादवले सो कुरोको प्रतिकार गर्दा उल्टै प्रहरी परिचालन गरी उनको निजी निवासमा राती १२ बजे पुगेर यादवका छोरालाई निर्घात कुटपिट गरी घाइते बनाइएको उपाध्यक्ष यादवको भनाइ छ ।

अध्यक्ष यादवमाथि लगाइएको झुठा मुद्दा खारेज गरी जिल्ला प्रहरी प्रमुखलाई अविलम्ब कारबाहीको दायरामा ल्याउन सम्बन्धित निकायसंग जोडदार माग गर्नुका साथै छानविन समिति गठन गरी सत्यतथ्य उजागर गर्न उपाध्यक्ष यादवले माग गरेकी छन्। उनले विभेदकारी नश्लिय सोच नसच्याएमा जसपाले सशक्त सघर्ष गर्न बाध्य हुने चेतावनी समेत दिइन्।

प्रकाशित मिति: २०८२ असार २७, शुक्रबार १५:५८
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !