कमला क्रिकेट लिगकाे लागि अमेरिकाबाट संजुको सहयोग

कमला क्रिकेट लिगकाे लागि अमेरिकाबाट संजुको सहयोग
सुरेश ठाकुर सुरेश ठाकुर २०८२ असार १९, बिहीबार १८:४८
कमला क्रिकेट लिगकाे लागि अमेरिकाबाट संजुको सहयोग

जनकपुरधाम : समाजिक गतिविधिमा क्रियाशील कमला युवा सञ्जाल, धनुषाले आयोजना गर्न लागेको ‘कमला क्रिकेट लिग २०८२’ काे तयारी अन्तिम चरणमा पुगेको छ।

धनुषाको कमला नगरपालिकालाई केन्द्र बनाएर विगत पाँच वर्षदेखि सामाजिक क्षेत्रमा काम गर्दै आएको सञ्जालले असार २० गतेबाट लिग सुरु गर्ने जनाएको छ।

ADVERTISEMENT

प्रतियोगिता सफल बनाउन देश तथा विदेशमा रहेका खेलप्रेमीहरूबाट उत्साहजनक सहयोग आउन थालेको सञ्जालले जनाएको छ। सोही क्रममा अमेरिका बसोबास गर्दै आएका संजु यादवले रु ११ हजार १ सय ५१ आर्थिक सहयोग गरेका छन्।

सञ्जालका अध्यक्ष बिमलेश यादवले यादवको सहयोगले खेलाडीहरूमा ऊर्जा थपिएको भन्दै आभार प्रकट गरे। “खेलकुदले समाजमा सकारात्मक ऊर्जा फैलाउँछ। विदेशमा रहेर पनि हाम्रो अभियानमा साथ दिनु भएकोमा हामी उहाँप्रति आभारी छौँ,” अध्यक्ष यादवले भने।

सञ्जालले यादवको योगदानलाई महत्वपूर्ण भन्दै भविष्यमा पनि युवाहरूको यस्तै सक्रिय सहभागिता र साथको अपेक्षा गरेको छ।

प्रकाशित मिति: २०८२ असार १९, बिहीबार १८:४८
सुरेश ठाकुर

सुरेश ठाकुर

लेखक


तपाईको प्रतिक्रिया !