बारामा जगदम्बा स्टिल्सको भट्टीमा विस्फोट, एक जना घाइते

बारामा जगदम्बा स्टिल्सको भट्टीमा विस्फोट, एक जना घाइते
मधेशपत्र मधेशपत्र २०८२ असार १९, बिहीबार ०६:४३
बारामा जगदम्बा स्टिल्सको भट्टीमा विस्फोट, एक जना घाइते

जनकपुरधाम : बाराको जितपुरसिमरा उपमहानगरपालिका–२ स्थित जगदम्बा स्टिल्सको भट्टीमा बुधबार राति विस्फोट भएको छ।

इलाका प्रहरी कार्यालय सिमराका अनुसार राति करिब ९:१५ बजे फलाम पगाल्ने भट्टीमा ओभरहिटिङ भएर विस्फोट भएको प्रारम्भिक अनुमान गरिएको छ।

ADVERTISEMENT

विस्फोटमा परी एक जना भारतीय नागरिक घाइते भएको र उनलाई तत्काल उपचारका लागि अस्पताल पठाइएको प्रहरीले जनाएको छ। उनको अवस्था अहिले सामान्य रहेको जिल्ला प्रहरी कार्यालय बाराका एसपी सन्तोष तामाङले भने।

विस्फोटको कारण र क्षतिको विवरण यकिन हुन बाँकी रहेको र अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: २०८२ असार १९, बिहीबार ०६:४३
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !