पर्साको माधोपुरमा ८० जना महिला जनमत पार्टीमा प्रवेश

पर्साको माधोपुरमा ८० जना महिला जनमत पार्टीमा प्रवेश
मधेशपत्र मधेशपत्र २०८२ जेष्ठ २५, आईतवार ०७:२५
पर्साको माधोपुरमा ८० जना महिला जनमत पार्टीमा प्रवेश

वीरगन्ज : पर्साको जगरनाथपुर गाउँपालिका–६ माधोपुरमा शनिबार ८० जना महिला जनमत पार्टीमा प्रवेश गरेका छन्।

पार्टीकी जिल्ला सदस्य अनिता रामको पहलमा आयोजित कार्यक्रममा ती महिलाहरूले पार्टीको सदस्यता लिएर सामाजिक रूपान्तरण र राजनीतिक सहभागितामा सक्रिय भूमिका निर्वाह गर्ने प्रतिबद्धता जनाएका हुन्।

ADVERTISEMENT

कार्यक्रममा कलिता देवी रामको अध्यक्षतामा ४१ सदस्यीय महिला टोल समिति पनि गठन गरिएको छ। जनमत पार्टी पर्साका अध्यक्ष ओमप्रकाश सर्राफका अनुसार समितिले स्थानीय तहमा पार्टीको सांगठानिक सुदृढीकरणमा सहयोग पुर्‍याउने अपेक्षा गरिएको छ।

महिलाको सहभागिता र नेतृत्व विकासमा पार्टीले प्राथमिकता दिँदै आएको सन्दर्भमा यो प्रवेशले महिला सशक्तीकरणको अभियानलाई थप ऊर्जा दिने जनमत पार्टीका नेता बृजेश्वर प्रसाद चौधरीले बताए।

कार्यक्रममा पार्टीका केन्द्रिय सदस्य ई. राहुल रौनियार, प्रदेश सदस्य बृजेश्वर चौधरी, महिला जिल्ला अध्यक्ष अञ्जना गुप्ता, पालिका अध्यक्ष सुनिल मुखिया, युवा जनमत वीरगन्ज अध्यक्ष सञ्जय सिंह लगायतको उपस्थिति थियो।

प्रकाशित मिति: २०८२ जेष्ठ २५, आईतवार ०७:२५
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !