‘हेल्लो सिएम’ : जनताको गुनासो मुख्यमन्त्रीसम्मै पुर्‍याउने योजना

‘हेल्लो सिएम’ : जनताको गुनासो मुख्यमन्त्रीसम्मै पुर्‍याउने योजना
मनोजकुमार मोरबैता मनोजकुमार मोरबैता २०८२ जेष्ठ २४, शनिबार १२:१९
‘हेल्लो सिएम’ : जनताको गुनासो मुख्यमन्त्रीसम्मै पुर्‍याउने योजना

जनकपुरधाम : मधेश प्रदेश सरकारले जनतासँग सिधा संवाद गर्ने उद्देश्यले ‘हेल्लो सिएम’ कार्यक्रम ल्याउने भएको छ।

शुक्रबार आगामी आर्थिक वर्ष २०८२/८३ का लागि प्रस्तुत गरिएको नीति तथा कार्यक्रममार्फत प्रदेश सरकारले यो योजना सार्वजनिक गरेको हो।

ADVERTISEMENT

मुख्यमन्त्री सतिशकुमार सिंह नेतृत्वको सरकारले ‘जनताको कुरा मुख्यमन्त्रीसम्म’ पुर्‍याउने गरी हेल्लो सिएम कार्यक्रम सञ्चालन गर्ने उल्लेख गरेको छ। नीति तथा कार्यक्रममा जनताको गुनासो, सुझाव र गुनासाहरुलाई प्राथमिकतामा राखी सुशासन प्रवर्द्धन गर्ने उल्लेख छ। प्रदेश सरकारले अब जनतासँग प्रत्यक्ष संवादमा जाने रणनीति लिएको हो।

‘हेल्लो सिएम’ कार्यक्रम अन्तर्गत नागरिकहरूले फोन, सामाजिक सञ्जाल वा अन्य माध्यममार्फत आफ्ना समस्या, गुनासो र सुझावहरू सिधै मुख्यमन्त्री कार्यालयमा पुर्‍याउन सक्नेछन्। यसबाट सरकारको जवाफदेहिता र पारदर्शिता सुनिश्चित हुने विश्वास गरिएको छ।

योजना अनुसार प्राप्त गुनासोहरूको दर्ता, ट्र्याकिङ र समाधानका लागि एक विशेष पोर्टल वा ड्यासबोर्ड समेत तयार गरिनेछ। सो कार्यका लागि सूचना प्रविधिमा आधारित संयन्त्र विकास गरिने सरकारको नीति तथा कार्यक्रममा उल्लेख छ।

मधेश प्रदेश सरकारले यस कार्यक्रमलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्ने प्रतिबद्धता जनाएको छ। मुख्यमन्त्री सिंहले भने, “यो कार्यक्रममार्फत प्रदेशका जनताको नजिक पुग्ने र जनअपेक्षा सम्बोधनमा गम्भीर रहेको सन्देश दिन चाहेको हो।”

‘हेल्लो सिएम’ कार्यक्रम लागू भएपछि जनताले प्रदेश सरकारसँग सिधै संवाद गर्ने अवसर पाउनेछन् भन्ने विश्वास गरिएको छ।

प्रकाशित मिति: २०८२ जेष्ठ २४, शनिबार १२:१९
मनोजकुमार मोरबैता

मनोजकुमार मोरबैता

लेखक


तपाईको प्रतिक्रिया !