कमला पुलको बजेट संघीय सरकारले नदिएपछि प्रदेश सरकारले बनाउने: मुख्यमन्त्री सिंह

कमला पुलको बजेट संघीय सरकारले नदिएपछि प्रदेश सरकारले बनाउने: मुख्यमन्त्री सिंह
परबिनकुमार पण्डित परबिनकुमार पण्डित २०८२ जेष्ठ १६, शुक्रबार २१:३७
कमला पुलको बजेट संघीय सरकारले नदिएपछि प्रदेश सरकारले बनाउने: मुख्यमन्त्री सिंह

जनकपुरधाम : मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले संघीय सरकारले बजेटमा समेट्न नसकेपछि कमला नदीमा पुल निर्माणको जिम्मा प्रदेश सरकारले लिने बताएका छन्।

बिहीबार संघीय सरकारले सार्वजनिक गरेको आगामी आर्थिक वर्ष २०८२/०८३ को बजेटमा कमला पुल समावेश नभएको भन्दै शुक्रबार नयाँ कमला पुल निर्माण संघर्ष समिति सिरहा-धनुषा संयोजक प्रबिन मोरबैता र सिरहा नगरपालिका-६ का वडाध्यक्ष इन्द्रजीत यादवले मुख्यमन्त्री सिंहसँग भेट गरेका थिए।

ADVERTISEMENT

भेटका क्रममा उनीहरुले कमला नदीमा नयाँ पुल निर्माणका लागि प्रदेश सरकारले अग्रसरता लिनुपर्ने माग गरेका थिए।

मुख्यमन्त्री सिंहले संघीय बजेटको ‘रातो किताब’ अध्ययन गरेपछि पुल निर्माणबारे निर्णय लिने स्पष्ट पारे। “हिजोमात्रै संघीय सरकारको बजेट आएको छ, रातो किताबमा पुलको योजना हेर्नुपर्छ ,रातो किताबमा नभएपछि प्रदेश सरकारले नै बजेट छुट्याएर बनाउनेछ,” सिंहले भने, “तपाईंहरू ढुक्क हुनुस्, प्रदेश सरकारले कमला पुल बनाउने जिम्मा लिन्छ।”

वर्षौं देखिको मागका रूपमा रहेको यो पुल निर्माण नहुनुमा संघीय सरकारप्रति स्थानीयवासीहरू असन्तुष्ट छन्। अहिलेको अस्थायी काठे पुलले वर्षायाममा जनजीवन प्रभावित पार्ने गरेको छ।

प्रकाशित मिति: २०८२ जेष्ठ १६, शुक्रबार २१:३७
परबिनकुमार पण्डित

परबिनकुमार पण्डित

लेखक


तपाईको प्रतिक्रिया !