कमला पुलमा मोटरसाइकल दुर्घटना: बालक र चालक घाइते

कमला पुलमा मोटरसाइकल दुर्घटना: बालक र चालक घाइते
मधेशपत्र मधेशपत्र २०८२ जेष्ठ १२, सोमबार २२:४९
कमला पुलमा मोटरसाइकल दुर्घटना: बालक र चालक घाइते

सिरहा : सिरहा र धनुषा जोड्ने हुलाकी राजमार्ग अन्तर्गतको कमला पुल भासिएर जीर्ण बनेको अवस्थामा रहेको छ।

आइतबार साझ पुलमा जनकपुरबाट आउँदै गरेको एक मोटरसाइकल दुर्घटना हुँदा एक डेढ वर्षीय बालक र मोटरसाइकल चालक घाइते भएका छन्।

ADVERTISEMENT

दुर्घटनामा घाइते भएका दुवै जनाको नाम र ठेगाना खुल्न सकेको छैन। उनीहरूलाई उपचारका लागि नजिकैको स्वास्थ्य संस्थामा लगिएको छ। पुलको अत्यधिक जीर्ण अवस्था कारण दुर्घटना भएको हुनसक्ने अनुमान गरिएको छ।

स्थानीय बासिन्दाहरूले लामो समयदेखि नयाँ पुल निर्माणको माग गर्दै आएका छन्। यस दुर्घटनापछि पुलको अवस्था र सम्बन्धित निकायको बेवास्ताप्रति पुनः प्रश्न उठ्न थालेको छ।

प्रकाशित मिति: २०८२ जेष्ठ १२, सोमबार २२:४९
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !