नीति तथा कार्यक्रमको कुनै औचित्य छैन : अध्यक्ष यादव

नीति तथा कार्यक्रमको कुनै औचित्य छैन : अध्यक्ष यादव
मधेशपत्र मधेशपत्र २०८२ बैशाख २३, मंगलवार १८:२३
नीति तथा कार्यक्रमको कुनै औचित्य छैन : अध्यक्ष यादव

काठमाडौं : जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले नीति तथा कार्यक्रमको कुनै औचित्य नरहेको बताएका छन्।

मंगलबारको प्रतिनिधि सभा बैठकमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै उनले नीति तथा कार्यक्रम कर्मकाण्डी धान्नु बाहेक अरू औचित्य नरहेको जिकिर गरे ।

ADVERTISEMENT

उनले नीतिगत आधारमा हेर्दा एक ठाउँमा समाजवाद उन्मुख भन्ने शब्द प्रयोग भए पनि समष्टिगत रूपमा नीति र कार्यक्रम पढ्दा यसको उद्देश्य र गन्तव्य नवउदारवादतर्फ रहेको बताए । नवउदारवाद र समाजवाद एक अर्काका विपरीत रहेको भने ।

अध्यक्ष यादवले भने, “नीति तथा कार्यक्रम वास्तवमा कहिले कहाँबाट सुरु भएर राजा, महाराजाको पालादेखि सुरु भएर त्यसलाई कमरेडहरूले पनि धान्या हो । नत्र यसको त कुनै जरुरत र औचित्य नै छैन । यसले के गर्नु, बुक बाँड्ने, टीकाटिप्पणी बाहेक के हुनेवाला छ ? औचित्य के छ ? यो कुरा बजेटले केही सपोर्ट गर्ला, केही नगर्ला । कर्मकाण्डमै भए पनि सरकारले ल्याएको छ । सरकारले आफ्ना नीति राख्ने हो । नीतिगत आधारमा हेर्दा एक ठाउँमा समाजवाद उन्मुख भन्ने शब्द प्रयोग भएको छ । तर समष्टिगत रूपमा नीति र कार्यक्रम पढ्दा यसको उद्देश्य र गन्तव्य नवउदारवादतर्फ छ । नवउदारवाद र समाजवाद एक अर्काका विपरीत कुरा हुन् ।”

अध्यक्ष यादवले समाजवाद उन्मुख भएको भए उपभोक्ता वर्ग, गरिव, किसान, मजदूर, सर्वहारा, मधेशी, आदिवासी जनजाति, अल्पसंख्यक, दलित, महिला, विपन्न वर्गलाई केन्द्रमा राखेर नीति तय गर्नुपर्नेमा त्यसो हुन नसकेको उल्लेख गरे ।

प्रकाशित मिति: २०८२ बैशाख २३, मंगलवार १८:२३
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !