योजनाको चिठी बिक्री गरेको आरोपमा मिश्र जिम्मेवारीमुक्त, काफ्ले बने नयाँ प्रमुख

योजनाको चिठी बिक्री गरेको आरोपमा मिश्र जिम्मेवारीमुक्त, काफ्ले बने नयाँ प्रमुख
मधेशपत्र मधेशपत्र २०८२ बैशाख २०, शनिबार १९:१६
योजनाको चिठी बिक्री गरेको आरोपमा मिश्र जिम्मेवारीमुक्त, काफ्ले बने नयाँ प्रमुख

रौतहट : पर्यटन विकास कार्यालय गौर, रौतहटका निमित्त कार्यालय प्रमुख संजय कुमार मिश्रलाई जिम्मेवारी खोसिएको छ।

मिश्रमाथी भ्रष्टाचारजन्य क्रियाकलापमा संलग्न रहेको आरोप लागेपछि उनलाई काज फिर्ता गरिएको छ।

ADVERTISEMENT

मधेश प्रदेशका मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यलयका उपसचिव बाशुदेव मल्लले बुधबार एक पत्र जारी गर्दै मिश्रलाई भू तथा जलाधार व्यवस्थापन कार्यालय, लहान, सिरहामा काज फिर्ता गरिएको उल्लेख गरेका हुन् ।

मिश्रलाई जिम्मेवारीबाट मुक्त गरिए पनि उनले योजनाका चिठीहरू जथाभावी बिक्रीवितरण गरेको तथ्य फेला परेको छ।

मुख्यमन्त्री सचिवालयका अनुसार मिश्रलाई काज फिर्ता गरि कार्यालयको नयाँ प्रमुखको जिम्मेवारी राजेश काफ्लेलाई सुम्पिएको छ।

नयाँ कार्यलय प्रमुख काफ्लेबाट कार्यालयमा पारदर्शिता र सुशासन कायम गर्ने अपेक्षा गरिएको छ।

प्रकाशित मिति: २०८२ बैशाख २०, शनिबार १९:१६
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !