बरेर्बामा सामुदायिक भवनको शिलान्यास

बरेर्बामा सामुदायिक भवनको शिलान्यास
परबिनकुमार पण्डित परबिनकुमार पण्डित २०८२ बैशाख १, सोमबार १०:४८
बरेर्बामा सामुदायिक भवनको शिलान्यास

जनकपुरधाम : पूर्वी धनुषाको कमला नगरपालिका-४ बरेरबास्थित सामुदायिक भवनका शिलान्यास गरिएको छ।

आइतबार धनुषा निर्वाचन क्षेत्र नं.२(क) का प्रदेशसभा सदस्य लखन दास र कमला नगरपालिका-४ का वडाध्यक्ष दिपक गोहीबार (पप्पु) ले संयुक्त रूपमा सामुदायिक भवनको शिलान्यास गरेका हुन् ।

ADVERTISEMENT

मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहका प्रेस सहयोगी मनोज मोरबैताको पहलमा प्रदेश सरकारबाट २५ लाख रकम उक्त सामुदायिक भवन निर्माणका लागि विनियोजन भएकाे थियाे।

उक्त भवन निर्माण गर्नका लागि प्रदेश सांसद दास र वडाध्यक्ष गोहीबारले निजि रकमबाट जग्गा खरीद गरेका छन् ।

सो भवन यसै आर्थिक वर्षभित्र निर्माण गरिसक्ने लक्ष्य छ।

भवन शिलान्यास कार्यक्रममा स्थानीय नेता मनिकलाल मण्डल ,नजिर राईन,दिपु मोरबैता, इसाख राईनसहितका स्थानीय समाजसेवीहरूको उपस्थिति रहेको थियो।

प्रकाशित मिति: २०८२ बैशाख १, सोमबार १०:४८
परबिनकुमार पण्डित

परबिनकुमार पण्डित

लेखक


तपाईको प्रतिक्रिया !