सीके राउत आज कैलाली जादै

सीके राउत आज कैलाली जादै
मधेशपत्र मधेशपत्र २०८१ कार्तिक १२, सोमबार ०९:३०
सीके राउत आज कैलाली जादै

जनकपुरधाम : जनमत पार्टीका राष्ट्रिय अध्यक्ष डा.सीके राउत आज कैलाली जादै छन् । विभिन्न कार्यक्रमका लागि अध्यक्ष डा.राउत कैलाली जान लागिएको जनमत पार्टीले जनाएको छ।

आज दिउँसो १२ बजे पछि भजनी हाटबजारको प्राङ्गणमा आयोजित कार्यक्रमको लागि कैलाली आइरहेको प्रेम चौधरीले बताए ।त्यसैगरी , कार्तिक १३ गते बिहान कुटनी माताको मन्दिरमा दर्शन र स्थानीयहरुसंग छ्लफल गर्ने कार्यक्रम अध्यक्ष डा.राउतको रहेको छ।

ADVERTISEMENT

त्यस्तै ,बिहान ७-११ बजे टिकापुरस्थित सिद्धार्थ होटल भेटघाट कार्यक्रम रहेको जनमत पार्टी केन्द्रिय सचिवालय प्रमुख राजेश मण्डलले बताए ।

सचिवालय प्रमुख मण्डलका अनुसार कार्तिक १३ गते १२ बजेपछि घोडाघाडी बहुमुखी क्याम्पस ,सुखदमा वृहत् अन्तक्रिर्या कार्यक्रम रहेको बताए ।

 

प्रकाशित मिति: २०८१ कार्तिक १२, सोमबार ०९:३०
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !