माैवहामा वडा कार्यालय भवनको उद्घाटन

माैवहामा वडा कार्यालय भवनको उद्घाटन
लोकेन्द्रप्रसाद यादव लोकेन्द्रप्रसाद यादव २०८१ आश्विन १८, शुक्रबार २१:०५
माैवहामा वडा कार्यालय भवनको उद्घाटन

राजविराज : सप्तरीको बलान बिहुल गाउँपालिका -३ माैवहाको वडा कार्यालयको नवनिर्मित भवनको उद्घाटन गरिएको छ । वडा कार्यालय भवनको शुक्रबार गाउँपालिका अध्यक्ष खेमचन्द्र यादवले उद्घाटन गर्नुभएको हो ।

वडा कार्यालय भवन निर्माण राष्ट्रिय योजना आयोगको ४० लाख र बलान विहुल गाउँपालिकाको २६ लाख लागत साझेदारी गरी रू. ६६ लाखको लगानीमा बनेको वडा नम्बर-३ का वडा अध्यक्ष राजकिशोर यादवले जानकारी दिनुभयो ।

ADVERTISEMENT

वडा कार्यालय भवन उद्घाटन गर्दै गाउँपालिका अध्यक्ष खेमचन्द्र यादवले वडा कार्यालय भवन निर्माणसँगै नागरिकले सहज रुपमा सेवा पाउने विश्वास व्यक्त गर्नुभयो ।

बलान बिहुल वडा नम्बर-३ का वडा अध्यक्ष राजकिशोर यादवले हामी सांग्रोह ठाउँबाट वडा बासिन्दालाई सेवा प्रदान गर्दै आएको थियो । जसले गर्दा वडा कार्यालयमा सेवा लिन आएको सेवाग्राहीलाई समस्या हुन्थ्यो । अब नयाँ भवनबाट वडा कार्यालयलाई सेवा प्रदान गर्नमा सहजता हुने बताउनुभयो ।

कार्यक्रममा गाउँपालिका उपाध्यक्ष रेणु यादव, प्रमुख प्रशासकीय अधिकृत रोशन कुमार गुप्ता,वडा नम्बर -१ का वडा अध्यक्ष रामकुमार यादव,कार्यपालिका सदस्य सन्तोष साहलगायतको उपस्थित थियो ।

वडा कार्यालयले नयाँ भवनको उद्घाटनको क्रममा दिवंगत सो वडाबाट प्रतिनिधित्व गर्ने पूर्व प्रधानपंच , गाउँ विकास समिति अध्यक्षको फटोमा माल्यअर्पण गरि सम्झना तथा सम्मान ब्यक्त गरेको थियो ।

प्रकाशित मिति: २०८१ आश्विन १८, शुक्रबार २१:०५
लोकेन्द्रप्रसाद यादव

लोकेन्द्रप्रसाद यादव

लेखक


तपाईको प्रतिक्रिया !