जनमतका प्रदेश सांसदहरुद्वारा बाढीपीडतलाई एक दिनको तलब दिने निर्णय

जनमतका प्रदेश सांसदहरुद्वारा बाढीपीडतलाई एक दिनको तलब दिने निर्णय
मधेशपत्र मधेशपत्र २०८१ आश्विन १४, सोमबार १०:२५
जनमतका प्रदेश सांसदहरुद्वारा बाढीपीडतलाई एक दिनको तलब दिने निर्णय

जनकपुरधाम : जनमत पार्टीका प्रदेश सांसदहरुले राज्यबाट पाउने एक दिनको तलब भत्ता सुविधा बाढी-पहिरो पीडितहरुलाई दिने निर्णय गरेको छ।

मधेश प्रदेशमा जनमत पार्टीबाट प्रदेश सभा सदस्य रहेकाहरुको आइतबारको बैठकबाट एक दिनको तलब दिने निर्णय गरेको छ ।

ADVERTISEMENT

जनमत पार्टी मधेश प्रदेशका संसदीय दलका नेता महेश प्रसाद यादवका अनुसार जनमत पार्टीका तर्फबाट मधेश प्रदेशमा रहेका सबै १३ जना प्रदेश सांसदले आ-आफ्‌नो एक दिनको तलब सुविधा प्रधानमन्त्री राहत कोषमा जम्मा गर्ने निर्णय गरेको जनाएको छ।

बाढीपहिरो जस्ता विपतबाट पीडमा परेका परिवारलाई थोरै भए पनि सहयोग पुगोस् भनेर आफूहरुले आफ्‌नो तलब भत्ताको रकमले सहयोग गरेको उनको भनाइ छ ।

सो बैठकले बाढीपहिरो पीडितहरुको उद्धार तथा राहत कार्यमा समेत प्रदेश सांसद तथा जनमत पार्टीका स्थानीय नेता तथा कार्यकर्ता परिचालन गरिने निर्णय समेत जनमत पार्टीले जनाएको छ ।

प्रकाशित मिति: २०८१ आश्विन १४, सोमबार १०:२५
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !