कमला क्रिकेट लिग–२ लाई सत्यनारायण यादवको २९ हजार ९ सय ९९ रुपैयाँ सहयोग

कमला क्रिकेट लिग–२ लाई सत्यनारायण यादवको २९ हजार ९ सय ९९ रुपैयाँ सहयोग
मधेशपत्र मधेशपत्र २०८३ कार्तिक २०, शुक्रबार १०:५०

जनकपुरधाम : नेपाली कांग्रेसका नेता सत्यनारायण यादवले कमला क्रिकेट लिग–२ सिजनका लागि २९ हजार ९ सय ९९ रुपैयाँसहित ट्रफी सहयोग गरेका छन्।

धनुषाको कमला नगरपालिका–९ मा सञ्चालित कमला क्रिकेट लिग–२ सिजनमा प्रथम हुने टिमलाई प्रदान गरिने पुरस्कारस्वरूप यादवले उक्त रकम र ट्रफी सहयोग गरेका हुन्।

ADVERTISEMENT

माँ राजदेवी वारियर्सद्वारा आयोजित कमला क्रिकेट लिग–२ कमला नगरपालिकाका नौवटै वडाका टिम सहभागी हुने वडा स्तरीय क्रिकेट प्रतियोगिता हो। प्रतियोगितामा नगरपालिकाका सबै नौ वडाका टिमले सहभागिता जनाएको आयोजकले जनाएको छ।

खेलकुदको माध्यमबाट युवाहरूलाई प्रोत्साहन गर्ने उद्देश्यले युवा नेता यादवले आर्थिक सहयोगसहित ट्रफी प्रदान गरेको आयोजकले जनाएको छ।

स्थानीय स्तरमा खेलकुदको विकास, युवाहरूको प्रतिभा पहिचान तथा क्रिकेटप्रतिको आकर्षण बढाउन प्रतियोगिताले महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।

प्रकाशित मिति: २०८३ कार्तिक २०, शुक्रबार १०:५०
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !