अर्थमन्त्री स्वर्णिम वाग्ले नयाँदिल्लीमा, एनडीटीभी विश्व सम्मेलनमा सहभागी हुँदै

अर्थमन्त्री स्वर्णिम वाग्ले नयाँदिल्लीमा, एनडीटीभी विश्व सम्मेलनमा सहभागी हुँदै
मधेशपत्र मधेशपत्र २०८३ कार्तिक ७, शुक्रबार १०:३२
अर्थमन्त्री स्वर्णिम वाग्ले नयाँदिल्लीमा, एनडीटीभी विश्व सम्मेलनमा सहभागी हुँदै

काठमाडौं : अर्थमन्त्री डा. स्वर्णिम वाग्ले भारतको राजधानी नयाँदिल्ली पुगेका छन्। उनी एनडीटीभी विश्व सम्मेलन २०२६ मा सहभागी हुन भारत गएका हुन्।

नयाँदिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा उनलाई त्यहाँस्थित नेपाली नियोगका प्रतिनिधि डा. सुरेन्द्र थापाले स्वागत गरेका छन्।

ADVERTISEMENT

अक्टोबर २२ र २३ मा आयोजना भइरहेको सम्मेलनको विषय ‘व्यवस्थाहरूबीचको विश्व’ रहेको छ। सम्मेलनमा विभिन्न क्षेत्रका प्रतिनिधिहरू सहभागी भइरहेका छन्।

अर्थमन्त्री वाग्लेले सम्मेलनमा शुक्रबार, अक्टोबर २३ मा सम्बोधन गर्ने कार्यक्रम रहेको छ।

#MadheshPatra

प्रकाशित मिति: २०८३ कार्तिक ७, शुक्रबार १०:३२
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !