पाकिस्तानी खेलाडीलाई हराएका ‘तराई टाइगर’ दयानाथ महतोलाई सांसद मनिष झाद्वारा सम्मान

पाकिस्तानी खेलाडीलाई हराएका ‘तराई टाइगर’ दयानाथ महतोलाई सांसद मनिष झाद्वारा सम्मान
मधेशपत्र मधेशपत्र २०८३ आश्विन २९, बिहीबार १४:०२
पाकिस्तानी खेलाडीलाई हराएका ‘तराई टाइगर’ दयानाथ महतोलाई सांसद मनिष झाद्वारा सम्मान

जनकपुरधाम : अन्तर्राष्ट्रिय रेस्लिङ प्रतियोगितामा पाकिस्तानी खेलाडीलाई पराजित गरेका ‘तराई टाइगर’ उपनामले परिचित रेस्लिङ खेलाडी दयानाथ महतो सम्मानित भएका छन्।

बिहीबार धनुषा क्षेत्र नं.३ का संघीय सांसद मनिष झाले महतोलाई सम्मान गरेका हुन्। ढल्केबरस्थित कोमल होटलमा महतोसँग भेट गर्दै सांसद झाले उनलाई खादा लगाएर सम्मान गरेका थिए।

ADVERTISEMENT

हिमालयन टाइगर प्रो रेस्लिङ एसोसिएसनको आयोजनामा गत शुक्रबार काठमाडौंमा सम्पन्न अन्तर्राष्ट्रिय रेस्लिङ प्रतियोगितामा महतोले पाकिस्तानका खेलाडी शेर खानलाई पराजित गरेका थिए। अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा पाकिस्तानी खेलाडीलाई हराएपछि महतोको चर्चा बढेको हो।

‘तराई टाइगर’का रूपमा परिचित महतोले रेस्लिङमार्फत अन्तर्राष्ट्रिय मञ्चमा नेपालको प्रतिनिधित्व गर्दै आएका छन्। पाकिस्तानी खेलाडीविरुद्धको जितलाई उनको खेल जीवनको महत्त्वपूर्ण उपलब्धिका रूपमा हेरिएको छ।

खेल क्षेत्रमा सक्रिय महतोको उपलब्धिको कदर गर्दै सांसद झाले सम्मान गरेका हुन्। खेलाडीको मेहनत र सफलताको सम्मानले उनीहरूको मनोबल बढाउनुका साथै रेस्लिङजस्ता खेलप्रति युवाको आकर्षण बढाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।

अन्तर्राष्ट्रिय स्तरमा नेपाली खेलाडीले हासिल गर्ने सफलताले नेपालको खेलकुद क्षेत्रको पहिचान विस्तार गर्नसमेत योगदान पुर्‍याउने विश्वास गरिएको छ। महतोको सफलताले रेस्लिङ क्षेत्रमा लागेका अन्य खेलाडीलाई पनि थप मेहनत र लगनशीलताका साथ अघि बढ्न प्रेरणा दिने अपेक्षा गर्न सकिन्छ।

प्रकाशित मिति: २०८३ आश्विन २९, बिहीबार १४:०२
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !