पाकिस्तानी रेस्लर शेर खानमाथि ‘तराई टाइगर’को विजय, मधेशको शान बढाए दयाराम महतो

पाकिस्तानी रेस्लर शेर खानमाथि ‘तराई टाइगर’को विजय, मधेशको शान बढाए दयाराम महतो
राधेश्याम राउत राधेश्याम राउत २०८३ आश्विन २४, शनिबार २१:०७
पाकिस्तानी रेस्लर शेर खानमाथि ‘तराई टाइगर’को विजय, मधेशको शान बढाए दयाराम महतो

जनकपुरधाम: मधेश प्रदेशका चर्चित रेस्लिङ खेलाडी दयाराम महतो ‘तराई टाइगर’ले अन्तर्राष्ट्रिय रेस्लिङ प्रतियोगितामा जित हासिल गर्दै मधेस प्रदेशसहित नेपालको गौरव बढाउनुभएको छ। काठमाडौंमा सम्पन्न अन्तर्राष्ट्रिय भिडन्तमा उहाँले पाकिस्तानका रेस्लिङ खेलाडी शेर खानलाई पराजित गर्नुभएको हो।

हिमालयन टाइगर प्रो रेसलिङ एसोसिएसनको आयोजनामा शुक्रबार काठमाडौंमा सम्पन्न प्रतियोगितामा महतो र शेर खानबीच रोमाञ्चक प्रतिस्पर्धा भएको थियो। प्रतिस्पर्धाका क्रममा उत्कृष्ट खेल कौशल, साहस र रणनीति प्रदर्शन गर्दै महतोले जित आफ्नो पक्षमा पार्न सफल हुनुभयो।

ADVERTISEMENT

धनुषाको ढल्केबरलाई मुख्य कार्यक्षेत्र बनाएर लामो समयदेखि रेस्लिङ क्षेत्रमा सक्रिय महतो ‘तराई टाइगर’का रूपमा परिचित हुनुहुन्छ। मधेस प्रदेशबाट व्यावसायिक रेस्लिङमा सक्रिय खेलाडीका रूपमा उहाँले आफ्नो छुट्टै पहिचान स्थापित गर्नुभएको छ।

अन्तर्राष्ट्रिय प्रतियोगितामा पाकिस्तानी खेलाडीलाई पराजित गर्नुलाई महतोको व्यक्तिगत सफलताका साथै मधेस प्रदेशको खेलकुद क्षेत्रका लागि उत्साहजनक उपलब्धिका रूपमा हेरिएको छ। उहाँको जितले नेपाली रेस्लिङप्रति खेलप्रेमीहरूको आकर्षण बढाउन र अन्तर्राष्ट्रिय स्तरमा नेपालको पहिचान विस्तार गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।

सीमित अवसर र चुनौतीका बीच पनि रेस्लिङ क्षेत्रमा निरन्तर सक्रिय महतोको यस सफलताले नेपाली खेलाडीहरूमा आत्मविश्वास र प्रेरणा थप्ने विश्वास गरिएको छ।

‘तराई टाइगर’ दयाराम महतोलाई यस शानदार सफलताका लागि हार्दिक बधाई तथा आगामी अन्तर्राष्ट्रिय प्रतियोगिताहरूमा थप सफलताको शुभकामना!

प्रकाशित मिति: २०८३ आश्विन २४, शनिबार २१:०७
राधेश्याम राउत

राधेश्याम राउत

लेखक


तपाईको प्रतिक्रिया !