रक्सी खाएर मोटरसाइकल चलाएका युवक दुर्घटनामा परे, साथमा भेटियो पेस्तोल

रक्सी खाएर मोटरसाइकल चलाएका युवक दुर्घटनामा परे, साथमा भेटियो पेस्तोल
मधेशपत्र मधेशपत्र २०८३ आश्विन २०, मंगलवार ०७:५९
रक्सी खाएर मोटरसाइकल चलाएका युवक दुर्घटनामा परे, साथमा भेटियो पेस्तोल

सर्लाही : सर्लाहीमा दुर्घटनामा घाइते भएका मोटरसाइकल चालकको साथमा पेस्तोल फेला परेको छ।

सोमबार दिउँसो १ बजेतिर कबिलासी नगरपालिका- ३ मदनपुमा बीआर.३० वाई २३५३ नम्बरको मोटरसाइकल दुर्घटनास्थलबाट ३३ वर्षीय युवकलाई पेस्तोलसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।

ADVERTISEMENT

पक्राउ पर्नेमा मोटरसाइकल चालक सोही ठाउँका ३३ वर्षीय तुलसी ठाकुर छन्। सामान्य घाइते अवस्थामा फेला परेका उनलाई उपचार पश्चात प्रहरीले पक्राउ गरेको छ।

ठाकुर जनकपुरबाट मोटरसाइकलमा मदनपुर घरतर्फ आउँदै गर्दा दुर्घटनामा परेका हुन्।

रक्सीसमेत सेवन गरेर मोटरसाइकल चलाएकाले उनी दुर्घटनामा परेको पाइइको प्रहरीले जनाएको छ। उनको साथबाट गोलीविनाको सिक्सर पेस्तोल एकथान बरामद भएको हो।

दुर्घटनास्थलमा हतियारसहितका युवकलाई देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए।

अस्थायी प्रहरी पोष्ट हेम्पुर पचगछियाबाट प्रहरी सहायक निरीक्षक छबिलाल साहको कमाण्डमा गएको प्रहरीले ठाकुरलाई पक्राउ गरेको हो। उनीमाथि थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: २०८३ आश्विन २०, मंगलवार ०७:५९
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !