कमला-५ का कार्यवाहक वडाध्यक्ष बने राम अशिष सहनी

कमला-५ का कार्यवाहक वडाध्यक्ष बने राम अशिष सहनी
मधेशपत्र मधेशपत्र २०८३ आश्विन ७, बुधबार २०:०६
कमला-५ का कार्यवाहक वडाध्यक्ष बने राम अशिष सहनी

जनकपुरधाम : धनुषाको कमला नगरपालिका–५ का वडा सदस्य राम अशिष सहनीले कार्यवाहक वडाध्यक्षको जिम्मेवारी सम्हालेका छन् ।

बुधबार वडा कार्यालयमा आयोजित कार्यक्रममा सहनीले कार्यवाहक वडाध्यक्षको जिम्मेवारी सम्हालेका हुन् ।

ADVERTISEMENT

वडा अध्यक्ष शिवा पासवानले पार्टी परिवर्तन गरेपछि निर्वाचन आयोगले उनलाई निलम्बन गरेको थियो । त्यसपछि रिक्त रहेको वडाध्यक्षको जिम्मेवारी वडा सदस्य सहनीलाई दिइएको हो ।

कार्यवाहक वडाध्यक्षको जिम्मेवारी सम्हालेसँगै सहनीले अब वडा कार्यालयको कामकाज सञ्चालन गर्नेछन् ।

प्रकाशित मिति: २०८३ आश्विन ७, बुधबार २०:०६
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !