कांग्रेसको क्षेत्रीय प्रतिनिधिमा अमरेशकुमार यादव निर्वाचित

कांग्रेसको क्षेत्रीय प्रतिनिधिमा अमरेशकुमार यादव निर्वाचित
मधेशपत्र मधेशपत्र २०८३ आश्विन ५, सोमबार २०:०३
कांग्रेसको क्षेत्रीय प्रतिनिधिमा अमरेशकुमार यादव निर्वाचित

जनकपुरधाम : नेपाली कांग्रेसको १५औँ वडा अधिवेशनबाट धनुषाको सहिदनगर नगरपालिका–२ का अमरेशकुमार यादव क्षेत्रीय प्रतिनिधिमा निर्वाचित भएका छन्।

सोमबार सम्पन्न वडा अधिवेशनबाट यादव धनुषा निर्वाचन क्षेत्र नं. २ को क्षेत्रीय प्रतिनिधि (खुला युवा) तर्फबाट निर्वाचित भएका हुन्।

ADVERTISEMENT

निर्वाचित भएपछि यादवले आफूलाई विश्वास गरेर जिम्मेवारी प्रदान गर्ने पार्टीका सम्पूर्ण नेता तथा कार्यकर्ताहरूप्रति आभार व्यक्त गरेका छन्। उनले पार्टीले दिएको जिम्मेवारी निष्ठा र इमानदारीपूर्वक निर्वाह गर्ने प्रतिबद्धता जनाएका छन्।

नेपाली कांग्रेसको संगठनलाई थप सुदृढ बनाउँदै पार्टीको नीति, सिद्धान्त र विचारअनुसार अघि बढ्ने यादवले बताएका छन्।

युवाहरूको सहभागिता र सक्रियताले पार्टी संगठनलाई थप गतिशील बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गर्दै उनले आगामी दिनमा पार्टी र जनताको हितमा निरन्तर काम गर्ने प्रतिबद्धतासमेत जनाएका छन्।

प्रकाशित मिति: २०८३ आश्विन ५, सोमबार २०:०३
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !