राजविराज–१० को कांग्रेस सभापतिमा गजेन्द्र प्रसाद सुनरैत सर्वसम्मत

राजविराज–१० को कांग्रेस सभापतिमा गजेन्द्र प्रसाद सुनरैत सर्वसम्मत
मधेश पत्र मधेश पत्र २०८३ आश्विन ५, सोमबार १३:१७
राजविराज–१० को कांग्रेस सभापतिमा गजेन्द्र प्रसाद सुनरैत सर्वसम्मत

राजविराज : नेपाली कांग्रेसको १५ औँ वडा अधिवेशनअन्तर्गत राजविराज नगरपालिका–१० को वडा अधिवेशनबाट गजेन्द्र प्रसाद सुनरैत यादव सभापतिमा सर्वसम्मत चयन भएका छन्।

वडा अधिवेशनले यादवको सभापतित्वमा ९ सदस्यीय वडा कार्यसमिति सर्वसम्मत चयन गरेको हो। अधिवेशनबाट २१ जना क्षेत्रीय प्रतिनिधिसमेत सर्वसम्मत चयन भएका छन्।

ADVERTISEMENT

नवनिर्वाचित कार्यसमितिको उपसभापतिमा सरिता देवी खंग र शिव नारायण यादव चयन भएका छन्। त्यस्तै, सचिवमा विष्णुदेव यादव र सहसचिवमा बहादुर खत्वे चयन भएका छन्।

सदस्यहरूमा विष्णुनदेव खंग खत्वे, घुरण सदा, विष्णुनदेव खंग र लक्ष्मी देवी खंग चयन भएका छन्।

अधिवेशनबाट सर्वसम्मत नेतृत्व चयन भएपछि वडा संगठनलाई थप व्यवस्थित र सुदृढ बनाउँदै पार्टीका आगामी गतिविधिमा सक्रिय भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरिएको छ।

नवनिर्वाचित कार्यसमितिले संगठन विस्तार, पार्टीका गतिविधिलाई प्रभावकारी बनाउने तथा आगामी महाधिवेशनमा सक्रिय भूमिका निर्वाह गर्ने जनाएको छ।

प्रकाशित मिति: २०८३ आश्विन ५, सोमबार १३:१७
मधेश पत्र

मधेश पत्र

लेखक


तपाईको प्रतिक्रिया !