त्रिपुरेश्वरमा बसमा अचानक आगलागी

त्रिपुरेश्वरमा बसमा अचानक आगलागी
मधेशपत्र मधेशपत्र २०८३ आश्विन ५, सोमबार १२:५३
त्रिपुरेश्वरमा बसमा अचानक आगलागी

काठमाडौं : काठमाडौंको त्रिपुरेश्वर चोकस्थित बस स्टपअगाडि एक बसमा अचानक आगलागी भएको छ।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका एसपी नरेशराज सुवेदीले बसमा आगलागी भएको पुष्टि गरेका छन्।

ADVERTISEMENT

घटनाको जानकारी पाएलगत्तै आगलागी नियन्त्रण तथा घटनाबारे थप अनुसन्धानका लागि प्रहरी टोली घटनास्थलमा परिचालन गरिएको छ।

आगलागीको कारण भने खुलिसकेको छैन। प्राविधिक समस्या वा अन्य कारणले आगलागी भएको हो भन्नेबारे प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ।

घटनाबाट भएको क्षतिको विस्तृत विवरणसमेत आउन बाँकी रहेको छ।

प्रकाशित मिति: २०८३ आश्विन ५, सोमबार १२:५३
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !