कांग्रेस कमला–३ को अधिवेशनमा विवाद, नगर सचिव यादवमाथि हातपात

कांग्रेस कमला–३ को अधिवेशनमा विवाद, नगर सचिव यादवमाथि हातपात
मधेशपत्र मधेशपत्र २०८३ आश्विन ५, सोमबार ११:०७
कांग्रेस कमला–३ को अधिवेशनमा विवाद, नगर सचिव यादवमाथि हातपात

जनकपुरधाम : नेपाली कांग्रेसको १५औँ वडा अधिवेशनअन्तर्गत धनुषाको कमला नगरपालिका–३, लगमामा सहमति जुटाउने क्रममा विवाद हुँदा नगर सचिव त्रिभुवन यादव (गौतम)माथि हातपात भएको छ।

सोमबार बिहान लगमास्थित हनुमान मन्दिरमा वडा सभापति चयनका लागि सहमति जुटाउन बसेको बैठकमा नगर सचिव यादवमाथि हातपात भएको प्रत्यक्षदर्शीहरूले जानकारी दिएका छन्।

ADVERTISEMENT

वडा सभापति पदमा पाँच जनाले उम्मेदवारी दिएका थिए। तीमध्ये मकेश्वर यादव, श्रीप्रसाद तेथवार र मञ्जय तेथवार यादवले उम्मेदवारी फिर्ता लिएका थिए।

उम्मेदवारी फिर्तापछि जयनाथ कुमार यादव र रामभगत यादव सभापति पदका प्रतिस्पर्धीका रूपमा रहेका थिए। उनीहरूबीच सहमति हुन नसकेपछि सोमबार बिहान पुनः छलफलका लागि बैठक बसेको थियो।

सोही बैठकमा विवाद उत्पन्न हुँदा नगर सचिव यादवमाथि हातपात भएको प्रत्यक्षदर्शीहरूको भनाइ छ।हातपात गर्ने व्यक्तिहरुको हुन् भने नाम खुल्न सकेको छैनन् ।

वडा अधिवेशनमा देखिएको विवाद र नगर सचिवमाथि भएको हातपातको घटनाबारे निर्वाचन अधिकृत शंकर मण्डलसँग प्रतिक्रिया लिन पटक–पटक फोन सम्पर्क गर्ने प्रयास गरिए पनि उनले फोन उठाएनन्।

प्रकाशित मिति: २०८३ आश्विन ५, सोमबार ११:०७
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !