जनमत पार्टीको उपाध्यक्षमा २८ वर्षीया अनिता मण्डलको उम्मेदवारी

जनमत पार्टीको उपाध्यक्षमा २८ वर्षीया अनिता मण्डलको उम्मेदवारी
मधेशपत्र मधेशपत्र २०८३ आश्विन ३, शनिबार १७:१४
जनमत पार्टीको उपाध्यक्षमा २८ वर्षीया अनिता मण्डलको उम्मेदवारी

जनकपुरधाम : जनमत पार्टीकी राष्ट्रिय सचिव तथा युवा नेतृ अनिता कुमारी मण्डलले पार्टीको राष्ट्रिय उपाध्यक्ष पदमा उम्मेदवारी दिएकी छन्।

पार्टीको दोस्रो राष्ट्रिय महाधिवेशनमा मण्डलले राष्ट्रिय उपाध्यक्ष पदमा उम्मेदवारी दर्ता गराएकी हुन्। आगामी असोज ९ र १० गते वीरगञ्जमा हुने महाधिवेशनमा पार्टीको नयाँ नेतृत्व चयन हुँदैछ।

ADVERTISEMENT

२८ वर्षीया मण्डल जनमत पार्टीकी संस्थापक केन्द्रीय सदस्यसमेत हुन्। उनी हाल पार्टीको राष्ट्रिय सचिव तथा केन्द्रीय अनुशासन समितिकी सदस्य सचिवको जिम्मेवारीमा छिन्।

पार्टीको आन्तरिक तयारी र विभिन्न नेताहरूसँगको छलफलपछि आफूले उपाध्यक्ष पदमा उम्मेदवारी दिने निर्णय गरेको मण्डलले बताएकी छन्।

पार्टीभित्र युवा तथा महिलाहरूको साथ र व्यापक समर्थन रहेको उल्लेख गर्दै उनले उपाध्यक्ष पदको निर्वाचनमा आफ्नो जित सुनिश्चित रहेको दाबी गरेकी छन्।

पार्टीको संगठन निर्माण तथा अनुशासन समितिमा रहेर काम गर्दै आएकी मण्डलको उम्मेदवारीसँगै जनमत पार्टीको दोस्रो राष्ट्रिय महाधिवेशनमा महिला तथा युवा नेतृत्वको प्रतिनिधित्वको विषय पनि चर्चामा आएको छ।

असोज ९ र १० गते वीरगञ्जमा हुने महाधिवेशनले जनमत पार्टीको नयाँ नेतृत्वसहित केन्द्रीय कार्यसमिति चयन गर्नेछ।

प्रकाशित मिति: २०८३ आश्विन ३, शनिबार १७:१४
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !