त्रिभुवन राजपथ र कान्ति राजमार्गमा दुईतर्फी यातायात सञ्चालन

त्रिभुवन राजपथ र कान्ति राजमार्गमा दुईतर्फी यातायात सञ्चालन
मधेशपत्र मधेशपत्र २०८३ आश्विन २, शुक्रबार ११:१८
त्रिभुवन राजपथ र कान्ति राजमार्गमा दुईतर्फी यातायात सञ्चालन

काठमाडौं : हेटौंडा–काठमाडौं आवतजावतका लागि प्रयोग हुने त्रिभुवन राजपथ (बाइरोड) र कान्ति राजमार्गमा शुक्रबारदेखि नियमित रूपमा दुईतर्फी सवारी सञ्चालनमा आएको छ।

जिल्ला प्रशासन कार्यालय मकवानपुरका प्रशासकीय अधिकृत सन्तोष सुवेदीका अनुसार पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीर खण्डमा अवरुद्ध सडक सञ्चालनमा आएपछि दुवै राजमार्गमा लगाइएको एकतर्फी यातायात व्यवस्था हटाइएको हो।

ADVERTISEMENT

यसअघि कृष्णभीरमा सडक अवरुद्ध भएपछि सवारी आवागमनलाई सहज र सुरक्षित बनाउन गत १६ भदौदेखि मालवाहक तथा ठूला यात्रुवाहक सवारीलाई त्रिभुवन राजपथ हुँदै काठमाडौं जाने र फर्किंदा कान्ति राजमार्ग प्रयोग गर्ने व्यवस्था गरिएको थियो।

त्रिभुवन राजपथले हेटौंडालाई पालुङ–नौबिसे हुँदै काठमाडौंसँग जोड्छ भने कान्ति राजमार्गले हेटौंडालाई टीकाभैरव–ललितपुर हुँदै काठमाडौं उपत्यकासँग जोड्छ।

कृष्णभीर खण्डमा सडक सञ्चालनमा आएसँगै शुक्रबारदेखि दुवै मार्गमा नियमित रूपमा दुवैतर्फ सवारी आवागमन खुला गरिएको सुवेदीले जानकारी दिए।

प्रकाशित मिति: २०८३ आश्विन २, शुक्रबार ११:१८
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !