रास्वपाका २६ सांसदले अझै बुझाएनन् सम्पत्ति विवरण, पार्टीले सार्वजनिक गर्‍यो नामावली

रास्वपाका २६ सांसदले अझै बुझाएनन् सम्पत्ति विवरण, पार्टीले सार्वजनिक गर्‍यो नामावली
मधेशपत्र मधेशपत्र २०८३ भाद्र ३१, बुधबार ११:२७
रास्वपाका २६ सांसदले अझै बुझाएनन् सम्पत्ति विवरण, पार्टीले सार्वजनिक गर्‍यो नामावली

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का २६ जना सांसदले निर्वाचन भएको साढे ६ महिना बितिसक्दा पनि सम्पत्ति विवरण बुझाएका छैनन्। पार्टीले पटक–पटक ताकेता गर्दा समेत विवरण नबुझाएपछि संसदीय दलले ती सांसदहरूको नामावली सार्वजनिक गरेको हो।

रास्वपा संघीय संसदीय दलले सूचना जारी गर्दै विभिन्न माध्यमबाट पटक–पटक जानकारी गराउनुका साथै संसद् सचिवालयमार्फत एसएमएस पठाएर समेत सम्पत्ति विवरण बुझाउन ताकेता गरिएको जनाएको छ।

ADVERTISEMENT

‘अधिक सूचना, फलोअप र संसद् सचिवालयको एसएमएसमार्फत गरिएको निरन्तर ताकेताका बाबजुद तपशीलमा उल्लेखित सांसदज्यूहरूले सम्पत्ति विवरण नभरेको सूचना जारी गर्दा अत्यन्त दुःखित छु,’ सूचनामा भनिएको छ, ‘यस परिघटनालाई नजिकबाट नियालीरहेको स्मरण गराउँछौँ।’

सम्पत्ति विवरण नबुझाउने सांसद

रास्वपा संसदीय दलका अनुसार सम्पत्ति विवरण नबुझाउने सांसदहरूमा आशा झा (मोरङ–५), कन्हैया बनिया (रुपन्देही–४), कामिनी कुमारी (महोत्तरी), कुशुम महर्जन (काठमाडौं), कृष्णकुमार कार्की (मोरङ–२), गीता चौधरी (कञ्चनपुर), तपेश्वर यादव (सिराहा–४), पुनमकुमार अग्रवाल (सिराहा), प्रभाव ढकाल (बारा), प्रशान्त उप्रेती (मकवानपुर–२), मधुकुमार चौलागाईं (काभ्रे–१), मोहनलाल आचार्य (कपिलवस्तु–१), यज्ञमणि न्यौपाने (मोरङ–१) र रविन महतो (सर्लाही–२) रहेका छन्।

त्यस्तै, रमेश प्रसाईं (ताप्लेजुङ), राजुनाथ पाण्डे (काठमाडौं–३), रामाकान्त प्रसाद चौरसिया (पर्सा–३), रविना आचार्य (मोरङ–६), लालबिक्रम थापा (सुनसरी–२), लेखजंग थापा (रुपन्देही–३), शम्भुकुमार यादव (सिराहा–३), श्रीराम न्यौपाने (तनहुँ–२), सन्तोष राजवंशी (मोरङ–४), सागर ढकाल (गुल्मी–१), सुशान्त बैदिक (प्यूठान–१) र सूर्यबहादुर तामाङ (उदयपुर–२) ले पनि सम्पत्ति विवरण नबुझाएको रास्वपाले जनाएको छ।

पार्टीले सम्पत्ति विवरण बुझाउन निरन्तर ताकेता गरिएको भए पनि ती सांसदहरूले हालसम्म विवरण नबुझाएको जनाएको छ।

प्रकाशित मिति: २०८३ भाद्र ३१, बुधबार ११:२७
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !