चीनको सिजाङद्वारा कोरलामा दुइटा बेलिब्रिज नेपाललाई हस्तान्तरण

चीनको सिजाङद्वारा कोरलामा दुइटा बेलिब्रिज नेपाललाई हस्तान्तरण
मधेशपत्र मधेशपत्र २०८३ भाद्र २०, शनिबार १०:३९
चीनको सिजाङद्वारा कोरलामा दुइटा बेलिब्रिज नेपाललाई हस्तान्तरण

काठमाडौं : चीनको स्वायत्त क्षेत्र सिजाङ (तिब्बत)ले बेलिब्रिजसहितका राहत सामग्री नेपाललाई हस्तान्तरण गरेको छ। मुस्ताङको कोरला नाकामा नेपाली पक्षले ती सामग्री बुझिलिएको हो।

त्यसअघि शुक्रबार नै ल्हासास्थित तिब्बती वैदेशिक मामिला कार्यालयमा औपचारिक हस्तान्तरण कार्यक्रम भएको थियो। जहाँ नेपालका महावाणिज्यदूत लक्ष्मीप्रसाद निरौलाले हस्ताक्षर गरेर ती सामग्री बुझेका थिए।

ADVERTISEMENT

बाढीले दर्जनौँ पुल बगाएपछि नेपालले चीनसँग ३० वटा बेलिब्रिज माग गरेको थियो। सोहीअनुसार सिजाङ स्वायत्त क्षेत्रले १०० मिटर लम्बाइका दुई बेलिब्रिज उपलब्ध गराएको हो। बेली प्यानल, रिइन्फोर्स सस्पेन्सन रड (नट-बोल्ट), सपोर्ट फ्रेम, ब्रिज डेकिङ र आई-बीमजस्ता सामग्रीहरू समावेश छन्।

चिनियाँ पक्षले पुल जडान गर्ने प्राविधिक जनशक्ति पनि पठाउने बताइएको छ।

प्रकाशित मिति: २०८३ भाद्र २०, शनिबार १०:३९
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !