गण्डकीमा एमालेका चार मन्त्रीले दिए राजीनामा

गण्डकीमा एमालेका चार मन्त्रीले दिए राजीनामा
मधेशपत्र मधेशपत्र २०८३ भाद्र १०, बुधबार १३:११
गण्डकीमा एमालेका चार मन्त्रीले दिए राजीनामा

पोखरा : गण्डकी प्रदेश सरकारमा सहभागी नेकपा एमालेका चार मन्त्रीले बुधबार राजीनामा दिएका छन्। सत्ता समीकरण परिवर्तन भएसँगै एमालेबाट सरकारमा सहभागी मन्त्रीहरूले राजीनामा दिएका हुन्।

एमाले संसदीय दलको बुधबार बसेको बैठकले मन्त्रीहरूलाई राजीनामा दिन निर्देशन दिएको थियो। त्यसअघि मंगलबार बसेको संसदीय बोर्ड बैठकले सरकारबाट बाहिरिने र मन्त्रीहरूले सामूहिक राजीनामा दिने निर्णय गरेको थियो।

ADVERTISEMENT

निर्णयअनुसार एमालेका चार मन्त्रीले मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई भेटेर राजीनामा बुझाएका छन्।

राजीनामा दिनेमा भौतिक पूर्वाधार तथा यातायात व्यवस्थामन्त्री गोविन्द नेपाली, भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री भीम कार्की, उद्योग तथा पर्यटनमन्त्री यशोदा रिमाल र स्वास्थ्यमन्त्री लक्ष्मण पाण्डे रहेका छन्।

मन्त्रिपरिषद् हेरफेरका क्रममा उनीहरूलाई गत वैशाख २ गते प्रदेश सरकारमा नियुक्त गरिएको थियो। तर, पछिल्लो समय प्रदेशमा सत्ता समीकरण परिवर्तन भएपछि एमाले सरकारबाट बाहिरिएको हो।

यससँगै कांग्रेस नेतृत्वमा रहेको गण्डकी प्रदेश सरकारमा एमालेको सहभागिता अन्त्य भएको छ। हाल प्रदेशमा एमाले–नेकपा समीकरण बनेको छ।

प्रकाशित मिति: २०८३ भाद्र १०, बुधबार १३:११
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !