खानी तथा खनिज पदार्थ विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव बहुमतले स्वीकृत

खानी तथा खनिज पदार्थ विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव बहुमतले स्वीकृत
मधेशपत्र मधेशपत्र २०८३ भाद्र १, सोमबार १५:५१
खानी तथा खनिज पदार्थ विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव बहुमतले स्वीकृत

काठमाडौँ : प्रतिनिधि सभाले खानी तथा खनिज पदार्थ विधेयक, २०८३ माथि विचार गरियोस् भन्ने प्रस्ताव बहुमतले स्वीकृत गरेको छ।

सोमबार बसेको प्रतिनिधि सभाको बैठकमा सभामुख डोलप्रसाद अर्यालले विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव निर्णयार्थ प्रस्तुत गरेका थिए। ध्वनि मतका आधारमा प्रस्तावमाथि निर्णय लिँदा बहुमत सदस्यले पक्षमा समर्थन जनाएपछि सभामुख अर्यालले प्रस्ताव स्वीकृत भएको घोषणा गरे।

ADVERTISEMENT

यसअघि साउन २६ गते बसेको प्रतिनिधि सभाको बैठकमा गणपूरक संख्या (कोरम) नपुगेपछि विधेयकमाथि निर्णय हुन सकेको थिएन। त्यसपछि सोमबारको बैठकमा सभामुख अर्यालले सोही प्रस्ताव पुनः निर्णयार्थ प्रस्तुत गरेका हुन्।

‘हुन्छ’ भन्ने पक्षमा बहुमत सदस्यको समर्थन रहेको भन्दै सभामुख अर्यालले खानी तथा खनिज पदार्थ विधेयक, २०८३ माथि विचार गरियोस् भन्ने प्रस्ताव बहुमतले स्वीकृत भएको घोषणा गरेका थिए।

प्रस्ताव स्वीकृत भएसँगै अब विधेयकमाथि प्रतिनिधि सभामा थप छलफल र प्रक्रिया अघि बढ्नेछ।

प्रकाशित मिति: २०८३ भाद्र १, सोमबार १५:५१
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !