चोरीको मोटरसाइकलसहित भारतमा दुई नेपाली युवक पक्राउ

चोरीको मोटरसाइकलसहित भारतमा दुई नेपाली युवक पक्राउ
मधेशपत्र मधेशपत्र २०८३ श्रावण २९, शुक्रबार ०९:४४
चोरीको मोटरसाइकलसहित भारतमा दुई नेपाली युवक पक्राउ

रौतहट : रौतहट–बारा सीमासँग जोडिएको भारतको बिहारस्थित मोतीहारी जिल्लाको रामगढवा क्षेत्रमा चोरीको मोटरसाइकलसहित दुई नेपाली युवक पक्राउ परेका छन्।

रामगढवा थाना क्षेत्रअन्तर्गत नारीरगिर चौकमा प्रहरीले सघन सवारी जाँच गर्ने क्रममा एचएचडी मेसिनमार्फत मोटरसाइकलको जाँच गरेको थियो। जाँचका क्रममा मोटरसाइकलको चेचिस नम्बर र रजिस्ट्रेसन नम्बर फरक–फरक रहेको पाइएको प्रहरीले जनाएको छ।

ADVERTISEMENT

त्यसपछि गरिएको सोधबुझको क्रममा उक्त मोटरसाइकल चोरीको रहेको खुलेपछि प्रहरीले मोटरसाइकलमा सवार दुई नेपाली युवकलाई पक्राउ गरेको हो।

पक्राउ पर्नेमा बाराको कलैया नगर क्षेत्रअन्तर्गत बैराठापुरका हरिनारायण सिंहका छोरा आदित्य सिंह र पर्साको वीरगञ्ज नगर क्षेत्रअन्तर्गत बहुवरीका रमेश गिरिका छोरा शिवानन्द गिरी रहेका छन्।

प्रहरीका अनुसार दुवै युवक फरक–फरक जिल्लाका नेपाली नागरिक हुन्। पक्राउ परेका दुवै जनामाथि थप अनुसन्धान तथा आवश्यक कानुनी कारबाही प्रक्रिया अघि बढाइएको भारतीय प्रहरीले जनाएको छ।

प्रकाशित मिति: २०८३ श्रावण २९, शुक्रबार ०९:४४
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !