सप्तरीमा तीन क्विन्टलभन्दा बढी गाँजासहित एक जना पक्राउ

सप्तरीमा तीन क्विन्टलभन्दा बढी गाँजासहित एक जना पक्राउ
मधेशपत्र मधेशपत्र २०८३ श्रावण २४, आईतवार ०१:३४
सप्तरीमा तीन क्विन्टलभन्दा बढी गाँजासहित एक जना पक्राउ

राजविराज : सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिकाबाट भारी परिमाणको गाँजासहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ।

हनुमाननगर कंकालिनी नगरपालिका–०८ स्थित जोगिनियाबाट ३०२ किलो ४८० ग्राम गाँजासहित स्थानीय ५३ वर्षीय माधुरी मुखियालाई प्रहरीले नियन्त्रणमा लिएको हो।

ADVERTISEMENT

प्रहरीका अनुसार शनिबार कोशी बाँधको पलारमा रहेको सरकारी खाली जग्गामा लुकाएर राखिएको अवस्थामा सो गाँजा बरामद गरिएको हो। भारत घर भएका नन्दकिशोर मुखियाले लगाएको पटुवा ९सनपाट० को खेतबारीभित्र १२ वटा बोरामा राखिएको अवस्थामा गाँजा फेला परेको थियो।

उक्त गाँजा हनुमाननगर कंकालिनी नगरपालिका– ०७ मुखिया टोल बस्ने अन्दाजी ५३ वर्षीय माधुरी मुखियाको रहेको प्रारम्भिक छानबिनबाट खुलेपछि उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

बरामद गरिएको गाँजा जोख्दा ३०२ किलो ४८० ग्राम रहेको छ। पक्राउ परेका मुखियामाथि लागूऔषध नियन्त्रण ऐन अनुसार थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ।

प्रकाशित मिति: २०८३ श्रावण २४, आईतवार ०१:३४
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !