संसद्मा आङ्देम्बे: ‘प्रधानमन्त्री कहाँ हुनुहुन्छ?’

संसद्मा आङ्देम्बे: ‘प्रधानमन्त्री कहाँ हुनुहुन्छ?’
राधेश्याम राउत राधेश्याम राउत २०८३ असार २२, सोमबार १४:०७
संसद्मा आङ्देम्बे: ‘प्रधानमन्त्री कहाँ हुनुहुन्छ?’

काठमाडौं: प्रमुख प्रतिपक्षी दलका नेता भीष्मराज आङ्देम्बेले प्रतिनिधिसभामा सम्बोधनका क्रममा प्रधानमन्त्री बालेन शाहको अनुपस्थितिप्रति असन्तुष्टि जनाएका छन्।

उनले लोकतान्त्रिक मुलुकहरूमा विपक्षी दलका नेता बोल्दा प्रधानमन्त्री संसद्मा उपस्थित रहने अन्तर्राष्ट्रिय अभ्यास रहेको उल्लेख गर्दै नेपालमा पनि त्यही परम्परा कायम हुनुपर्ने बताए। विपक्षीको सुझाव र आलोचना सरकारका लागि मार्गनिर्देशक हुने भएकाले प्रधानमन्त्रीको उपस्थिति आवश्यक रहेको उनको भनाइ थियो।

ADVERTISEMENT

आङ्देम्बेले प्रधानमन्त्री संसद्मा उपस्थित हुनुपर्ने विषय निरन्तर स्मरण गराइरहने आफ्नो दायित्व रहेको पनि बताए।

प्रकाशित मिति: २०८३ असार २२, सोमबार १४:०७
राधेश्याम राउत

राधेश्याम राउत

लेखक


तपाईको प्रतिक्रिया !