शिक्षा र संस्कृतिका लागि मधेश सरकारद्वारा २ अर्ब ९० करोड बजेट

शिक्षा र संस्कृतिका लागि मधेश सरकारद्वारा २ अर्ब ९० करोड बजेट
मधेशपत्र मधेशपत्र २०८३ असार १, सोमबार १५:०४
शिक्षा र संस्कृतिका लागि मधेश सरकारद्वारा २ अर्ब ९० करोड बजेट

जनकपुरधाम : मधेश प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि शिक्षा तथा संस्कृति क्षेत्रको विकासमा दुई अर्ब ९० करोड रुपैयाँ बजेट विनियोजन गरेको छ।

सोमबार (असार १) प्रदेशसभामा आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री युवराज भट्टराईले शिक्षा क्षेत्रलाई प्राथमिकतामा राखिएको बताएका हुन्।

ADVERTISEMENT

बजेटमा प्रदेश सरकार आफैंले शिक्षक भर्ना गर्ने व्यवस्था, विद्यालयमा डिजिटल तथा स्मार्ट बोर्ड जडान, सामुदायिक विद्यालयको स्तरोन्नति, ई–लाइब्रेरी र कम्प्युटर ल्याब स्थापनाका लागि आवश्यक रकम छुट्याइएको छ।

यस्तै, मधेश प्रज्ञा–प्रतिष्ठानलाई सुविधासम्पन्न बनाइने घोषणा गरिएको छ। प्रदेश सरकारले शिक्षा, भाषा तथा सीप विकासलाई प्राथमिकतामा राखेर विभिन्न कार्यक्रम सञ्चालन गर्ने योजना अघि सारेको जनाएको छ।

प्रकाशित मिति: २०८३ असार १, सोमबार १५:०४
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !