मधेश सरकार बजेट : उद्योग, वाणिज्य तथा पर्यटन क्षेत्रमा दुई अर्ब ४४ करोड विनियोजन

मधेश सरकार बजेट : उद्योग, वाणिज्य तथा पर्यटन क्षेत्रमा दुई अर्ब ४४ करोड विनियोजन
मधेशपत्र मधेशपत्र २०८३ असार १, सोमबार १४:५७
मधेश सरकार बजेट : उद्योग, वाणिज्य तथा पर्यटन क्षेत्रमा दुई अर्ब ४४ करोड विनियोजन

जनकपुरधाम : मधेस प्रदेश सरकारले आउँदो आर्थिक वर्षको बजेटमा उद्योग, वाणिज्य तथा पर्यटन क्षेत्रको विकास र प्रवर्द्धनका निम्ति दुई अर्ब ४४ करोड रुपैयाँ विनियोजन गरेको छ ।

सोमबार (असार १) मधेस प्रदेशसभामा अर्थमन्त्री युवराज भट्टराईले बजेट प्रस्तुत गर्दै उद्योग तथा पर्यटन क्षेत्रमा विशेष ‘प्याकेज’सहितको योजना समावेश गरिएको बताए ।

ADVERTISEMENT

एकैदिनमा उद्योग दर्ता, प्रदेशका विशिष्ट उत्पादनको ‘ब्रान्डिङ’, मधेस ट्रेड हब निर्माण तथा बजार सुनिश्चित गर्ने योजना कडाइसाथ लागु गर्ने योजना अर्थमन्त्री भट्टराईले प्रस्तुत गरे ।

यस्तै, औद्योगिक करिडोर बनाउने, सीमापार कारोबार बढाउने र पर्यटन वृद्धि गर्ने अवधारणा अघि सारिएको छ । वैदेशिक रोजगारीबाट ज्ञान, सीप र अनुभव लिएर फर्केका युवालाई विशेष कर्जा र सहुलित उपलब्ध गराउने मधेस सरकारको योजना छ ।

प्रकाशित मिति: २०८३ असार १, सोमबार १४:५७
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !