नेशनल इन्जिनियर्स एसोसिएसन नेपालको मधेश प्रदेश समिति पुनर्गठन,अध्यक्षमा ई. अजित मण्डल

नेशनल इन्जिनियर्स एसोसिएसन नेपालको मधेश प्रदेश समिति पुनर्गठन,अध्यक्षमा ई. अजित मण्डल
मधेशपत्र मधेशपत्र २०८३ जेष्ठ १४, बिहीबार १९:०१
नेशनल इन्जिनियर्स एसोसिएसन नेपालको मधेश प्रदेश समिति पुनर्गठन,अध्यक्षमा ई. अजित मण्डल

जनकपुरधाम : नेशनल इन्जिनियर्स एसोसिएसन नेपालले मधेश प्रदेशको ४१ सदस्यीय समिति पुनर्गठन गरेको छ। बुधबार संगठन विस्तार तथा पुनर्गठन समिति २०८३ ले नयाँ प्रदेश समिति गठन गरेको हो।

नेअन केन्द्रीय समितिको निर्णयअनुसार संयोजक ई. सुशील प्रसाद देवको नेतृत्वमा गठित संगठन विस्तार तथा पुनर्गठन समितिले मधेश प्रदेश समिति पुनर्गठन गरेको जनाएको छ।

ADVERTISEMENT

पुनर्गठित समितिमा ई. मुकेश राज शाहलाई इन्चार्ज तथा ई. अजित कुमार मण्डललाई अध्यक्ष चयन गरिएको छ। समितिको वरिष्ठ उपाध्यक्षमा ई. बम शंकर यादव रहेका छन्।

यस्तै उपाध्यक्षहरूमा ई. शिव चन्द्र यादव, ई. रामाकान्त प्रसाद यादव, ई. सन्तोष यादव तथा ई. नरेन्द्र कुमार यादव चयन भएका छन्। मुख्य सचिवको जिम्मेवारी ई. अरविन्द सिंह महतोलाई दिइएको छ।

समितिका सचिवहरूमा ई. गौरव सर्राफ, ई. आशुतोष सिंह, ई. बैद्यनाथ यादव र ई. रञ्जित साह रहेका छन्। कोषाध्यक्षमा ई. सरोज पटेल तथा सह–कोषाध्यक्षमा ई. निधि सिंह चयन भएका छन्।

त्यसैगरी सदस्यहरूमा ई. पंकज देव, ई. संजीव यादव, ई. रमेश माझी, ई. विपिन गोप, ई. सन्तोष राम, ई. रञ्जित कुमार यादव, ई. प्रशान्त कुमार यादव, ई. मनोज साह, ई. राहुल ओझावाई, ई. कृष्ण पाण्डित, ई. प्रमेश श्रीवास्तव, ई. रोशन चौधरी, ई. जय चन्द्र यादव, ई. रजनीश झा, ई. कृष्णा मण्डल, ई. विकेश यादव, ई. रोकेश कुशवाहा, ई. शोभित महतो, ई. राधेश्याम चौधरी, ई. सिदु चौधरी, ई. सुरज मिश्र, ई. कुनन्दन सहनी, ई. गोविन्द साह, ई. विक्की कुमार गुप्ता, ई. सन्नी कुशवाहा, ई. उमेश यादव, ई. रवि चौहान र ई. विकेश कुमार कुर्मी रहेका छन्।

एसोसिएसनले नवगठित समितिले संगठनको विधान, नीति–नियम तथा प्रचलित कानुनअनुसार कार्य गर्दै संगठनलाई थप सशक्त बनाउने विश्वास व्यक्त गरेको छ।

प्रकाशित मिति: २०८३ जेष्ठ १४, बिहीबार १९:०१
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !