बरकुर्वामा एसएलसी २०३३ ब्याचको स्वर्ण जयन्ती मित्र मिलन कार्यक्रम सम्पन्न

बरकुर्वामा एसएलसी २०३३ ब्याचको स्वर्ण जयन्ती मित्र मिलन कार्यक्रम सम्पन्न
बिपीनकुमार यादव बिपीनकुमार यादव २०८३ बैशाख २०, आईतवार ०९:४०
बरकुर्वामा एसएलसी २०३३ ब्याचको स्वर्ण जयन्ती मित्र मिलन कार्यक्रम सम्पन्न

जनकपुरधाम : धनुषाको सबैला नगरपालिका–१२ बरकुर्वास्थित श्री फकिर चन्द गामी माध्यमिक विद्यालयबाट २०३३ सालमा एसएलसी परीक्षा दिएका पूर्वविद्यार्थीहरूको स्वर्ण जयन्ती (५० वर्ष) अवसरमा मित्र मिलन कार्यक्रम सम्पन्न भएको छ।

‘एसएलसी ब्याच २०३३’ समूहको आयोजनामा शनिबार भएको कार्यक्रममा ५० वर्षपछि सहपाठीहरू एकै ठाउँमा भेला भएका थिए। सहभागीहरूले पुराना सम्झना साटासाट गर्दै आत्मीय पुनर्मिलनको खुसी व्यक्त गरेका थिए।

ADVERTISEMENT

कार्यक्रमको अध्यक्षता अशोक साहले गरेका थिए भने सञ्चालनसहित विभिन्न समन्वयात्मक भूमिका रामहृदय यादवले निर्वाह गरेका थिए।

कार्यक्रममा विद्यालयका भूपू शिक्षक भूपलाल श्रेष्ठ प्रमुख अतिथि तथा जीतनारायण साह विशिष्ट अतिथिका रूपमा सहभागी भएका थिए। कार्यक्रममा उनीहरूको शैक्षिक योगदानको कदर गर्दै सम्मानसमेत गरिएको आयोजकले जनाएको छ।

सहभागीहरूले यस्ता पुनर्मिलन कार्यक्रमले पुराना सम्बन्धलाई पुनः ताजा बनाउनुका साथै मित्रता, एकता र आपसी सम्मानलाई थप मजबुत बनाउने बताएका छन्।

प्रकाशित मिति: २०८३ बैशाख २०, आईतवार ०९:४०
बिपीनकुमार यादव

बिपीनकुमार यादव

लेखक


तपाईको प्रतिक्रिया !