जनकपुरधाममा ‘होटल जनकपुर सुइटस्’ सञ्चालनमा

जनकपुरधाममा ‘होटल जनकपुर सुइटस्’ सञ्चालनमा
मधेश पत्र मधेश पत्र २०८३ बैशाख १७, बिहीबार ०८:४६
जनकपुरधाममा ‘होटल जनकपुर सुइटस्’ सञ्चालनमा

जनकपुरधाम : जनकपुरधाममा सुविधा सम्पन्न तथा अत्याधुनिक सेवा सुविधासहित ‘होटल जनकपुर सुइटस्’ सञ्चालनमा आएको छ। बुधबारदेखि औपचारिक रूपमा सेवा सुरु गरेको उक्त होटलले स्थानीय तथा बाह्य पर्यटकलाई लक्षित गर्दै सेवा विस्तार गरेको हो।

जनकपुरधामको कदम चोकबाट कप्लेश्वर जाने सडकखण्डमा, पशु सेवा कार्यालयअगाडि अवस्थित होटल मुकेश साह र अमरेन्द्र कुमार साहको संयुक्त लगानीमा सञ्चालनमा ल्याइएको हो।

ADVERTISEMENT

होटलका सञ्चालकका अनुसार ‘होटल जनकपुर सुइटस्’ ले स्वच्छ, आरामदायी तथा आधुनिक सुविधा प्रदान गर्दै ग्राहकलाई गुणस्तरीय सेवा दिने लक्ष्य लिएको छ। पारिवारिक वातावरण र व्यवस्थित आतिथ्य सेवामार्फत होटलले छोटो समयमै विश्वास जित्ने अपेक्षा गरिएको छ।

जनकपुरधाममा बढ्दो पर्यटकीय गतिविधिलाई मध्यनजर गर्दै होटल सञ्चालनमा ल्याइएको सञ्चालक पक्षले जनाएको छ।

प्रकाशित मिति: २०८३ बैशाख १७, बिहीबार ०८:४६
मधेश पत्र

मधेश पत्र

लेखक


तपाईको प्रतिक्रिया !