भरतपुरमा दुई मोटरसाइकल एकापसमा ठोक्किँदा एकवर्षीय बालकसहित चार जना घाइते

भरतपुरमा दुई मोटरसाइकल एकापसमा ठोक्किँदा एकवर्षीय बालकसहित चार जना घाइते
मधेशपत्र मधेशपत्र २०८३ आश्विन ८, बिहीबार १०:५८
भरतपुरमा दुई मोटरसाइकल एकापसमा ठोक्किँदा एकवर्षीय बालकसहित चार जना घाइते

चितवन : चितवनको भरतपुर महानगरपालिका-२१ पर्बतचोकमा दुईवटा मोटरसाइकल एकापसमा ठोक्किँदा एकवर्षीय बालकसहित चार जना घाइते भएका छन्।

प्रहरीका अनुसार पर्बतचोकबाट पार्बतीपुरतर्फ जाँदै गरेको बा.प्र. ०२-०५० प ८०४० नम्बरको मोटरसाइकल र चनौलीबाट गीतानजारतर्फ आउँदै गरेको बा.प्र. ०२-०५८ प ७७१५ नम्बरको मोटरसाइकल दिउँसो पौने २ बजे ठोक्किएका हुन्।

ADVERTISEMENT

दुर्घटनामा दुवै मोटरसाइकलमा सवार चारै जना घाइते भएका छन्।

घाइतेहरूमा धनुषा घर भई हाल भरतपुर-१० बस्ने ७७१५ नम्बरको मोटरसाइकलका चालक २५ वर्षीय अमन सुवेदी, लमजुङ घर भई हाल भरतपुर-२१ बस्ने ८०४० नम्बरको मोटरसाइकलका चालक २१ वर्षीय सुबास रिमाल रहेका छन्।

सुवेदीको टाउको र खुट्टामा चोट लागेर अवस्था मध्यम छ भने रिमालको दुवै खुट्टामा सामान्य चोट लागेको छ।

यस्तै अरु घाइतेहरूमा ८०४० नम्बरको मोटरसाइकल चालक सुबासकी दिदी २८ वर्षीय गंगाामाया रिमाल रावल रहेकी छन्। उनको टाउको, आँखा र खुट्टामा चोट लागेको छ भने अवस्था गम्भीर छ।

त्यसैगरि गंगामायाका छोरा एक वर्षीय गृस रावल पनि घाइते भएका छन्। उनको नाकमा चोट लागेको छ भने अवस्था मध्यम छ।

घाइते सबैको भरतपुरस्थित एलाइभ अस्पतालमा उपचार भइरहेको छ।

अस्पताल प्रशासनले साँझ जानकारी गराउनासाथ प्रहरी चौकी पार्बतीपुरबाट प्रहरी सहायक निरीक्षक (सई) गोपाल कार्कीको कमाण्डमा खटिएको टोलीले अस्पताल पुगेर घाइतेहरूको अवस्थाबारे जानकारी लिएको थियो।

प्रकाशित मिति: २०८३ आश्विन ८, बिहीबार १०:५८
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !