कांग्रेसको १५औँ वडा अधिवेशन : कमला–४ मा रोशन चौरवार सभापतिमा चयन

कांग्रेसको १५औँ वडा अधिवेशन : कमला–४ मा रोशन चौरवार सभापतिमा चयन
मधेशपत्र मधेशपत्र २०८३ आश्विन ४, आईतवार १८:४७
कांग्रेसको १५औँ वडा अधिवेशन : कमला–४ मा रोशन चौरवार सभापतिमा चयन

जनकपुरधाम : नेपाली कांग्रेसको १५औँ वडा अधिवेशनबाट धनुषाको कमला नगरपालिका–४ को वडा सभापतिमा रोशन चौरवार यादव चयन भएका छन्।

अधिवेशनले यादवको सभापतित्वमा १२ सदस्यीय वडा कार्यसमिति चयन गरेको हो।

ADVERTISEMENT

आइतबार सम्पन्न अधिवेशनबाट उपसभापतिमा आशिषलाल यादव र महिला उपसभापतिमा बबिता देवी दास चयन भएका छन्। त्यस्तै, सचिवमा रञ्जनकुमार यादव र सहसचिवमा मोहम्मद जफिर कवाडी सर्वसम्मत चयन भएका छन्।

कार्यसमिति सदस्यहरूमा सीतादेवी बनरैत यादव, सरिता देवी, शिवजी तत्मा, महिन्द्र कुसैत, युवा सदस्य अमितकुमार यादव, राजकुमार कुसियैत, धर्मेन्द्र मण्डल र मदन लखन्दैय चयन भएका छन्।

निर्वाचन अधिकृत पृथ्वीनारायण साहले अधिवेशनबाट १२ सदस्यीय वडा कार्यसमिति सर्वसम्मत चयन भएको जानकारी दिए।

नेपाली कांग्रेस कमला नगरपालिका–४ का सभापति तथा वडाध्यक्ष दीपक गोहिबार यादवको अध्यक्षतामा अधिवेशन सम्पन्न भएको हो।

अधिवेशनमा पूर्वसभापति राम नगिना साह, जिल्ला सदस्य राजकुमार साह, कमला नगरपालिका–४ का निर्वाचित वडा सदस्य अमोद मरिक, पवन गोइतसहित पार्टीका नेता तथा कार्यकर्ताहरूको उपस्थिति रहेको थियो।

प्रकाशित मिति: २०८३ आश्विन ४, आईतवार १८:४७
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !