जनकनन्दिनीका प्रमुख प्रशासकीय अधिकृत शर्मा गृह मन्त्रालयमा सरुवा,पौडेललाई जिम्मेवारी

जनकनन्दिनीका प्रमुख प्रशासकीय अधिकृत शर्मा गृह मन्त्रालयमा सरुवा,पौडेललाई जिम्मेवारी
मधेशपत्र मधेशपत्र २०८३ भाद्र २९, सोमबार २०:३०
जनकनन्दिनीका प्रमुख प्रशासकीय अधिकृत शर्मा गृह मन्त्रालयमा सरुवा,पौडेललाई जिम्मेवारी

जनकपुरधाम : धनुषाको जनकनन्दिनी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सन्तोषकुमार शर्माको गृह मन्त्रालयमा सरुवा भएको छ।

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको सोमबारको निर्णयअनुसार शर्माको सरुवा गरिएको हो।

ADVERTISEMENT

शर्माको सरुवा गर्दै बटेश्वर गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रेवतीप्रसाद पौडेललाई जनकनन्दिनी गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिइएको छ।

पौडेलले अब जनकनन्दिनी गाउँपालिकाको प्रशासनिक नेतृत्व सम्हाल्नेछन्।

प्रकाशित मिति: २०८३ भाद्र २९, सोमबार २०:३०
मधेशपत्र

मधेशपत्र

लेखक

तपाईको प्रतिक्रिया !