मधेशमा लेखा समूहका ७६ कर्मचारीको एकैपटक सरुवा

मधेशमा लेखा समूहका ७६ कर्मचारीको एकैपटक सरुवा
मनोजकुमार मोरबैता मनोजकुमार मोरबैता २०८३ भाद्र १२, शुक्रबार १४:१४
मधेशमा लेखा समूहका ७६ कर्मचारीको एकैपटक सरुवा

जनकपुरधाम : मधेश प्रदेश सरकारले अर्थ मन्त्रालयअन्तर्गत प्रशासन सेवा, लेखा समूहमा कार्यरत ७६ जना कर्मचारीको एकैपटक सरुवा गरेको छ।

प्रदेश सरकारले गरेको सरुवामा अधिकृत, लेखापाल र सहलेखापाल तहका कर्मचारी छन्। सरुवा हुनेमा २३ जना अधिकृत, ४३ जना लेखापाल र १० जना सहलेखापाल छन्।

ADVERTISEMENT

सरुवा सूचीअनुसार अधिकृततर्फ सातौं तहका १८ जना र आठौं तहका पाँच जना छन्। त्यस्तै लेखापाल र सहलेखापाल तहका कर्मचारीलाई पनि प्रदेश सरकार मातहतका विभिन्न कार्यालयमा सरुवा गरिएको छ।

अर्थ मन्त्रालयका अनुसार सरुवा भएका सबै कर्मचारी प्रशासन सेवाको लेखा समूहअन्तर्गत कार्यरत थिए।

अर्थ मन्त्रालयका उपसचिव जयकुमार राउतले मधेशपत्रसंग कुरा गर्दै मधेश प्रदेशमा पहिलोपटक लेखा समूहका कर्मचारीको सरुवा एकैपटक पारदर्शी ढंगले गरिएको दाबी गरे।

‘अहिलेसम्म मधेश प्रदेशमा यस्तो पारदर्शी हिसाबले लेखा अधिकृत र लेखापालको सरुवा भएको थिएन,’ राउतले भने।

उनका अनुसार कार्यालयको आवश्यकता र कर्मचारी व्यवस्थापनलाई आधार बनाएर सरुवा प्रक्रिया अघि बढाइएको हो। ठूलो संख्यामा कर्मचारीको एकैपटक सरुवा भएपछि प्रदेश सरकार मातहतका विभिन्न कार्यालयमा आर्थिक तथा लेखासम्बन्धी कामकाज थप व्यवस्थित हुने अपेक्षा गरिएको छ।

तर, सरुवालाई लिएर केही लेखा समूहका कर्मचारीले असन्तुष्टि जनाएका छन्।

प्रकाशित मिति: २०८३ भाद्र १२, शुक्रबार १४:१४
मनोजकुमार मोरबैता

मनोजकुमार मोरबैता

लेखक


तपाईको प्रतिक्रिया !