रसुवा बाढीपहिरो : उद्धार, राहत र पुनर्स्थापनामा जुट्न पूर्वमुख्यमन्त्री सिंहको अपिल

रसुवा बाढीपहिरो : उद्धार, राहत र पुनर्स्थापनामा जुट्न पूर्वमुख्यमन्त्री सिंहको अपिल
मधेशपत्र मधेशपत्र २०८३ भाद्र १०, बुधबार १५:२९
रसुवा बाढीपहिरो : उद्धार, राहत र पुनर्स्थापनामा जुट्न पूर्वमुख्यमन्त्री सिंहको अपिल

काठमाडौं : रसुवा जिल्लामा आज आएको विनाशकारी बाढी तथा पहिरोमा परी ज्यान गुमाएका नागरिकप्रति मधेश प्रदेशका पूर्वमुख्यमन्त्री सतिश कुमार सिंहले श्रद्धाञ्जली व्यक्त गरेका छन्।

सिंहले बाढीपहिरोमा परी ज्यान गुमाएका मृतकका परिवारजनप्रति गहिरो समवेदना व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन्।

ADVERTISEMENT

बाढी तथा पहिरोका कारण थुप्रै परिवार घरबारविहीन हुनुका साथै ठूलो जनधनको क्षति भएको भन्दै उनले विपद्को यस कठिन घडीमा पीडित परिवारको दुःखमा साथ दिन सबैको दायित्व रहेको बताएका छन्।

सिंहले नेपाल सरकार, गृह मन्त्रालय तथा स्थानीय प्रशासनलाई प्रभावित क्षेत्रमा तत्काल उद्धार तथा राहतका कामलाई तीव्रता दिन आग्रह गरेका छन्। उनले बाढी प्रभावित क्षेत्रमा खोजी तथा उद्धार कार्य प्रभावकारी रूपमा सञ्चालन गरी विस्थापित परिवारलाई खाद्यान्न, सुरक्षित आवास र आवश्यक स्वास्थ्य सेवा तत्काल उपलब्ध गराउन माग गरेका छन्।

त्यस्तै, घरबारविहीन भएका नागरिकलाई उचित क्षतिपूर्ति उपलब्ध गराउँदै सुरक्षित स्थानमा तत्काल पुनर्स्थापनाको व्यवस्था गर्न उनले सरकारसँग आग्रह गरेका छन्।

बाढीपहिरोका कारण अवरुद्ध सडक, पुल तथा सञ्चार सेवा यथाशीघ्र सञ्चालनमा ल्याई राहत तथा उद्धार सामग्री प्रभावित क्षेत्रमा सहज रूपमा पुर्‍याउने व्यवस्था गर्नुपर्ने उनको भनाइ छ।

विपद्को समयमा राजनीतिक दल, सामाजिक संघ–संस्था, युवा तथा आम नागरिकलाई एकजुट भएर उद्धार तथा राहत कार्यमा सहयोग गर्न पनि सिंहले आह्वान गरेका छन्।

“यस विपद्को समयमा पीडित नागरिकको जीवनरक्षा, उद्धार र पुनर्स्थापनालाई पहिलो प्राथमिकतामा राख्दै सबै पक्ष एकजुट हुन आवश्यक छ,” सिंहले भनेका छन्।

प्रकाशित मिति: २०८३ भाद्र १०, बुधबार १५:२९
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !